BREAKING NEWS

Sunday, June 14, 2015

ल्ोखनाथमा तिन महिने कडाई तालिम सम्पन्न

लेखनाथ, ३१ जेष्ठ
लेखनाथ क्षेत्रमा महिलाहरुको आय स्तर वृद्धि र स्वरोजगार मुलक ३ महिने कडाई तालिम आज सम्पन्न भएको छ । लेखनाथ नगरपालीका कार्यलयको आयोजना र हिराचिनु सिलाई तथा सिप विकास केन्द्रको सहयोगमा सञ्चालित तालिमवाट १५ जना महिलाहरु लावान्वित भएका छन् । नगरपालीकाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पौडेलले महिलाको समग्र विकासमा नगरपालिका सदैव सचेत रहेको छ प्राथमिकतामा राख्ने समेत जानकारी दिए । केन्द्रकी प्रमुख हरिमाया पोख्रेलको सभापतीत्वमा सम्पन्न कार्यक्रममा नगरपालीकाकी सामुदायिक शाखाकी प्रमुख मिना भण्डारी, विद्यार्थीको तर्फवाट सुनिता भट्टराई र अतिना भुजेलले कार्यक्रममा सफलताको शुभकामना दिनुको साथै सिकेको सिकाई व्यवहारमा मात्र नभई व्यवसायिक वन्नु पर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी प्रतिभा पौडेलले गरेकी थिइन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .