BREAKING NEWS

Tuesday, June 30, 2015

पोखरामा असारे रोपाई महोत्सबको रौनक (फोटो फिचर )


गोकुल बानियाँ, पोखरा, १५ असार । भूकम्पपछि पोखरामा घट्दै गएको पर्यटकको चहलपहल १५ असार अर्थात् धान दिवसको अबसरमा आयोजित रोपाई महोत्सबले पुन जगाएको छ ।
विदेशी पर्यटकहरु स्वदेशी संगै हिलो खेल्दै रमाए । हिलोमा लुटपुटिएर उनिहरुले नेपाली संस्कृतिको मज्जा लिए । पोखरा सबै मौषमको लागि भन्ने नारा सहित पोखरा पर्यटन परिषद्ले गर्दै आएको महोत्सबको १२ औं संस्करणमा विभिन्न देशका ५० भन्दा बढी विदेशी पर्यटक सहभागि थिए ।
महोत्सबमा सहभागि विदेशी पर्यटकको लागि महिला र पुरुष हिलेदौड समेत आयोजना गरिएको थियो । त्यस्तै रस्साकस्सी, नेपाली महिला र पुरुषको छुट्टाछुट्टै दौड तथा महिला र पुरुष पत्रकार दौड समेत सम्पन्न भएको छ । धमिलो पानीमा माछा समाउने प्रतियोगिता , रोपाई प्रतियोगिताले महोत्सबको रौनकता अझ बढाएको थियो ।
पोखरा १७ बिरौटाफाट स्थित स्थानीय कृषक शम्सेरबहादुर पौडेलको ११ रोपनी क्षेत्रफल खेतमा आयाजित महोत्सबमा सहभागि हुन पोखराका बिभिन्न स्थानबाट मानिसहरु पुगेका थिए ।

Photos by Amrit Shrestha


महोत्सब उद्घाटनमा सहभागि सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल पनि केहिबेर हिलोमा रमाए । उनले भूकम्पले सुस्ताएको पर्यटन पुनउत्थानको लागि रोपाई महोत्सबले थप टेवा पुर्याउने बिश्वास ब्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भूकम्पको कारण पर्यटन ब्यबशाय सुस्ताएपनि पर्यटन क्षेत्र सुरक्षित रहेको बताए । उनले एकाध बाहेक अधिकांश पर्यटकिय क्षेत्र सुरक्षित रहेको र पर्यटकलाई स्वागत गर्न ब्यबशायी तयार रहेको सन्देश अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउनुपर्ने खाचो औल्याए ।
पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेश बहादुर भट्टराईले पोखराको पर्यटन क्षेत्रलाई माथि लैजान बिभिन्न प्रबद्र्धनात्मक काम भैरहेको बताए । पोखरा आएका विदेशी पर्यटकलाई पनि असार १५ को महत्व दर्शाउन पोखरा पर्यटन परिषद्ले बिगत १२ बर्षदेखि महोत्सब गर्दै आएको छ ।








Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .