BREAKING NEWS

Saturday, June 27, 2015

एक जिल्ला एक उत्पादनका योजनाहरुको अनुगमन सम्पन्न

लेखनाथ १२
नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि उद्यम केन्द्रको सहयोगमा लेखनाथ उद्योग वाणिज्य संघद्धारा संचालित एक जिल्ला एक उत्पादनका कार्यक्रमका योजनाहरुको शनिवार अनुगमन तथा निरिक्षण कार्यक्रम सम्पन्न भयो ।
कृषि पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले लेखनाथमा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रममा भईरहेका गतिविधि तथा सम्पन्न भएका योजनाहरुका वारेमा अनुगमन तथा निरिक्षण गरिएको हो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा एक जिल्ला एक उत्पादन कार्यक्रम कार्यान्वयन समितिका संयोजक वावुराम गिरीको नेतृत्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय कास्कीका कार्यालय प्रमुख रमेश प्रसाद कोईराला, घरेलु तथा साना उद्योग कार्यालय कास्कीका कार्यालय प्रमुख कृष्णप्रसाद आचार्य, जिल्ला पशु सेवा कार्यालय कास्कीका कार्यालय प्रमुख राकेश प्रजापती, जिल्ला विकास समिति कास्कीकी अधिकृत मीना पौडेल, एक जिल्ला एक उत्पादन जिल्ला कार्यान्वयन समितिका पदाधिकारी, सदस्य, लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
आ.व.२०७१÷०७२ मा एक जिल्ला एक उत्पादन अन्तरगत होम स्टे व्यवस्थापन तथा रिनोभेसन अन्तरगत लेखनाथ नगरपालिका वडा नं ११ पचभैयामा रहेको पचभैया होम स्टे व्यवस्थापन समितिका सदस्यहरुद्धारा संचालित होम स्टे रिनोभेसनका योजना साथै लेखनाथ नगरपालिका वडा नं ८ मा रहेको कृषि पर्यटन प्रवद्र्धनका लागि कटेज सहितको माछा पोखरी निमाण गरिएको गुडलक एग्रो फार्मका योजनहरुको अनुगमन गरिएको हो ।
होम स्टे तथा एग्रो फर्म संचालकहरुले यस्ता प्रकारको अनुगमन निरन्तर गरि हौसला प्रदान गर्नुका साथै निरन्तर सहयोगको अपेक्षा राखेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .