BREAKING NEWS

Friday, June 26, 2015

महिलाहरुलाई बैदेशिक रोजगार सचेतना

लेखनाथ,११असार।
नारी विकास आमा समुह लेखनाथ १२ खुदीले महिला तथा पुरुषहरुले विदेश जादाँ अपनाउनु पर्ने होसियारी र पक्रियाका बारेमा आमा समुहका प्रतिनिधीहरुलाई एक दिने जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ।
वैदेसिक रोजगारका सिलसिलामा विदेसिने नेपालीहरुले पाएको दुःख कष्ठ र खेप्नु परेका समस्याका वारेमा पुर्व जानकारी दिने उदेस्यले राखिएको कार्यक्रममा कम्पनीको छनोट,कामको प्रक्रिती,स्वास्थ्य परिक्षयण लगाएत विदेशमा पुगी सकेपछि हुने दुर्वब्यवहारका बारेमा पुर्व जानकारी हुनु पर्नेमा जोड दिईएको थियो।
साथै कार्यक्रममा महिलाहरुले बैदेशिक रोजगारीम जादाँ भोग्ने गरेका यौन दुर्बबाहारका बारेमा कानुनी उपचार र रोजगारीबाट फर्किसकेपछि हुने विभिन्न रोग व्यादीको परिक्षण आदीका बारेमा समेत जानकारी गराईएको थियो।
नारी विकास आमा समुहका अध्यक्ष तारा थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला विकास समिती कास्कीका प्रतिनिधी पद्म पोख्रेलले सहजिकरणको भुमीका निभाएका थिए भने समुहकी पुर्व अध्यक्ष तारा अधिकारी,राजनितीक दलका प्रतिनिधी विष्णु प्रसाद शर्मा के पी,रामजी बादल,श्रीराम पोख्रेल,बडा सेबा केन्द्र १२का बडा सचिब राजेन्द्र बजगाई र समुहकी सदस्य  भगबती पौडेल लगाएतले र्कायक्रमको उपयोगीताका बारेमा जानकारी गराएका थिए। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .