BREAKING NEWS

Wednesday, June 24, 2015

मुसे टुडामा सवदाहाँ र प्रतिक्षालय निर्माण

भीमपाणि बराल
लेखनाथ ९असार
लेखनाथ नगर पालिका बडा नं १ सेती नदि किनारमा स्थानीयबासी, विभिन्न संघ सस्था तथा ब्यक्तिहरुको सहयोगमा सवदाहाँ र प्रतिक्षालय निमार्ण गरिएको छ।
स्थानीयबासीको पहलमा मिन बहादुर केसीको संयोजकत्बमा मुसेटुडा रातो पैहै सेतीघाट प्रतिक्षालय तथा सवदाहाँ समिती गठन गरि सेती नदि किनारमा सवदाहा र प्रतिक्षालय निमार्ण कार्यलाई अगाडी वढाईएको हो।
करिब एक करोडको लागत ईस्टेमेटमा निर्माण गर्न लागि सवदाहाँ र प्रतिक्षालय निर्माणका लागि अहिले सम्म विभिन्न निकायबाट करिब ४५लाखको लगानीमा निर्माण कार्यलाई अगाडी वढाईएको निर्माण समितीका सह संयोजक प्रेम लिगलले जानकारी दिएका छन्।
सवदाहाँ र प्रतिक्षालय निर्माणका लागि सुरुमा बालकृष्ण बडगामीको सहयोगमा अगाडी वढेको निर्माण कार्यमा पछिल्लो समयमा देबबहादुर ज्बारचन,सभासद् यज्ञबहादुर थापा र कुमार खड्काले समेत सांसद विकास कोषबाट एक एक लाख आर्थीक सहयोग गरिसकेका छन् भने अन्य सहयोग आउने क्रम जारी रहेको निर्माण समितीका सदस्य सुकलाल रिमालले जानकारी दिएका छन्।
यसै विच बुधबार सभासद् यज्ञ बहादुर थापाले त्यस क्षेत्रको स्थलगत अवलोकन गरि अधुरा कामका लागि लेखनाथ नगरपालिका,मन्त्रालय देखि विभागमा समेत पहल गरि निर्माण कार्यलाई सम्पन्न गर्नका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। स्थलगत आवलोकनका लागि विभिन्न सामाजीक संघ सस्थाका प्रतिनिधी,नागरिक समाज र राजनितीक दलका प्रतिनिधी तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .