BREAKING NEWS

Friday, June 5, 2015

शिसुवा प्राथामीक स्वास्थ्य केन्द्रको सेबा विस्थारमा जोडमा

लेखनाथ २२,जेठ।
शिसुवा प्रथामीक स्वास्थ्य केन्द्रले दिदै आएको सेबा तथा औषधि वितरणलाई विस्थार गर्न सरोकार निकायले माग गरेका छन्।
स्वाथ्य केन्द्रले समुदायमा स्वास्थ्य सेबा प्रबद्धनका विषयमा विभिन्न सामाजीक संघ सस्था र सरोकारबालहरुसग राखेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले केन्द्रबाट प्राप्त हुने सेबा र औषधीको मात्रलाई बढाउदै लैजानु पर्नेमा जोड दिएका हुन्।

कार्यक्रमका सहभागीहरुको माग सुने पछि सोही कार्यक्रममा उपस्थित कास्कीका जनस्वास्थ्य प्रशासक सागर घिमीरेले यस क्षेत्रमा बढ्दो जनसख्यालाई मध्यनजर राख्दै आगामी दिनमा थप सेबा तथा औषधीको परिमाण वढाउने प्रतिबद्धता जाहेर गरेका थिए।
शिसुवा प्रथामीक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितीका अध्यक्ष हर्कबहुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेस लेखनाथ नगर समितीका सभापति राजेन्द्रमणि लामिछाने,नेकपा एमाले लेखनाथ नगर उपाध्क्ष रामहरि ढुगाना,बडा सेबा केन्द्र ७र८का बडा सचिब ईन्द्रप्रसाद ढुगाना,नेपाल टेलिकम लेखनाथ साखाका प्रमुख गिरधारी पोख्रेल,लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्त सस्थाका सचिब हरि लामीछाने,जनप्रकास उच्च माविका प्रधानाध्यापक शिबमणि भण्डारी ,लक्ष्मी आर्दश उच्च मावीका प्रधानाध्यापक बावुराम सुवेदी,टोल विकास सस्था बडा नं ८का संयोजक चिरञ्जीवि तिबारी र महिला स्वयम सेबीका सुकमायाँ विक लगाएतले स्बच्छ र निरोगी हुने उपायका बारेमा जनमानसमा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नु पर्नेमा जोड दिएका थिए।

शिसुवा प्रथामीक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर सुनिता तिमिल्सेनाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन स्टाप नर्स मन कुमारी ओझाले गरेकी थिईन।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .