BREAKING NEWS

Tuesday, June 23, 2015

वर्णविन्यासको हाउगुजी नदेखाऔं: डा लुईंटेल


पोखरा, ५ असार
नेपाली भाषाका भाषाविद् पाठ्यक्रमविद् एवम् त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा खगेन्द्र लुईंटेलले वर्णविन्यासको हाउगुजी देखाएर नेपाली भाषालाई कमजोर पार्न नहुने वताएका छन् । शनिवार नेपाली भाषा शिक्षक परिषद् कास्की द्धारा पोखरामा आयोजित एक दिने गोष्ठीका अवसरमा वोल्दै लुईंटेलले नेपाली भाषा शिक्षक हुनुमा गौरव गर्नुपर्नेमा शिक्षकहरुलाई प्रेरित गर्दै यस्तो वताएका हुन् । नेपाली भाषा शिक्षक परिषद् कास्की द्धारा आधारभूत तहको नेपाली भाषा विषयक शिक्षक अभिमुखिकरण गोष्ठीमा प्रशिक्षक प्रेमनारायण पानीपोख्रेलले निरन्तर विद्यार्थी मुल्याङ्कनका वारेमा प्रशिक्षण दिएका थिए भने डा लुईटेलले पाठ्यक्रम विष्लेषण गर्दै विशिष्टिकरण तालिका निर्माण विषयमा चर्चा गरेका थिए । ेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष लोकचन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक सुर्यप्रसाद लम्सालले कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रममा वोल्दै पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभाग प्रमुख डा विष्णु प्रसाद पौडेलले भाषा परिवर्तनशील भएकोले समयानुकुल पर्वितन हुनुपर्नेमा जोड दिए । त्यस्तै शिक्षक युनियन कास्कीका अध्यक्ष जगन्नाथ अधिकारीले भाषिक शुद्धतामा ध्यान दिनु पर्नेमा जोड दिए ।

संस्थाका सल्लाहकार डा यमनाथ तिमिल्सेनाले गोष्ठीले समस्याको निराकरणमा महत्वपुर्ण भुमिका खेल्ने वताए । यसै गरी सल्लहकारहरु माधवशरण उपाध्याय, वोधराज ढकालले पेशागत दक्षता अभिवृद्धिमा जोड दिएका थिए । हिसान कास्की अध्यक्ष वावुराम पन्तले तालिम उपलब्धी मुलक हुनु पर्नेमा जोए । संस्थाका उपाध्यक्ष दिनेश सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम अर्यालले गरेका थिए । उक्त गोष्ठीमा कास्की जिल्लाका सरकारी तथा संस्थागत विद्यालयहरुवाट १२० शिक्षक शिक्षिकाहरु लावान्वित भएका संस्थाका आजीवन सदस्य विष्णुहरि पौडेलले जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .