BREAKING NEWS

Friday, June 19, 2015

एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण

Check Regular results here.
SLC_REGULAR 2071 
and  SLC_EXEMPTED 2071 
काठमाडौं : २०७१ को एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष  ४७.४३  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्षको एसएलसीमा ५३.९४ प्रतिशत पुरुष र ४४.९६ प्रतिशत महिला परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यसैगरी २१ हजार २ ४७ जना डिस्टिङ्सन ल्याइ उत्तीर्ण भएका छन् । १२ ४ सय २६ पुरुष र ८८ सय २१ महिला परीक्षार्थीले डिस्टिङ्सन ल्याएका छन् ।

९० हजार १ सय ७६ जना परीक्षार्थी फस्ट डिभिजन ल्याउँदै उतीर्ण भएका छन । जसमा ५२ हजार ५ जना पुरुष  र ३८ हजार एक सय ७१ महिला परीक्षार्थी रहेका छन् ।
यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३.९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी (प्रवेशिका) परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा  थाहा पाउन सकिने जानकारी दिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .