BREAKING NEWS

Thursday, June 18, 2015

लेखनाथमा व्यवसाय कर संकलनको लागि घरदैलो

लेखनाथ ३, असार 
कर तिरौं सभ्य नागरिक वनौ भन्ने मुल नाराका साथ यही असार ३  गते देखी लेखनाथ नगरपालिकाका सम्पूर्ण वडाहरुमा व्यवसाय कर संकलन गरिने भएको छ ।
आ. व. २०७१÷०७२ सम्ममा पेशा व्यवसाय दत्र्ता तथा संचालन गर्नुभएका व्यवसायीहरुले लेखनाथ नगरपालिकालाई वुझाउनुपर्ने व्यवसाय कर उठाउन लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघवाट टोली यही ३ गते देखीे २२ गते सम्म घर दैलोमानै गई व्यवसाय कर संकलन गरिने कुरा लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं व्यवसाय कर संकलन उपसमितिका संयोजक मे.रामप्रसाद गुरुङले वताउनुभयो ।
व्यवसाय कर संकलनको पहिलो दिन लेखनाथ नगरपालिका वडा न. ४ र  ५ मा एक टोली,  २, ३ र ६ मा एक टोली र १ र १२ मा अर्को टोली गरि तिन टोलीवाट व्यवसाय कर संकलन गरिने छ । यसै प्रकारले असार २२ गते सम्म नगरपालिकाका सम्पुर्ण वडाहरुमा व्यवसाय कर संकलन गरिने संयोजक मे.रामप्रसाद गुरुङले वताउनुभयो ।
व्यवसाय कर संकलनका लागि लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघका कर्मचारीहरु स्थलगत अभियानका रुपमा व्यवसाय कर संकलन गरिएको छ ।
सम्पुर्ण नगरका व्यवसायीहरुलाई घर दैलोमै आई कर संकलन गर्ने टोलीलाई आफ्नो कर वुझाई सहयोग गरिदिनुहुन समेत संयोजक गुरुङले अनुरोध गर्नुभयो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .