BREAKING NEWS

Wednesday, June 17, 2015

लेखनाथ नगरपालिकामा अख्तियारको अनुगमन

लेखनाथ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रिय कार्यालयको एक टोलीले लेखनाथ नगरपालिकामा छड्के अनुगमन गरेको छ । आयोगका उपसचिब नरेन्द्र भट्टराईको नेतृत्वको टोलीले कार्यालय समय भित्र चार जना कर्मचारी अनुपस्थीत रहेकाले पहिलो चरणमा सचेत मात्र गराएको छ । कर्मचारी कार्यालय समयमा अनुपस्थित देखिएपछि टोलीले हाजिर रजिष्टरमा रातो लगाईदिएको जनाइएको छ । टोलीले नगरपालिकाले गत र यस आ.ब. मा सम्पन्न तथा संचालन भएका योजनाहरु समेत अनुगमन गरेको छ । योजना संचालन प्रक्रिया, गुणस्तर र भुक्तानीका सम्वन्धमा विभिन्न योजनाको निरिक्षण समेत गरेको नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारीले जानकारी दिए । टोलीले उपभोक्ता समितीका पदाधिकारीसँग योजना संचालन तथा निर्माणका सम्बन्धमा जानकारी लिएको थियो भने कार्यालयमा आएका सेबाग्राहीहरुसँग नगरपालीकाले दिदै आएका सेबाहरुमा के कस्ता समस्याहरु आएका छन भन्ने बारेमा सोधपुछ समेत गरेको थियो । टोलीमा उपसचिव भट्टराई सहित ईन्जिनियर सुब्बा गुरुङ, शाखा अधिकृत गोविन्द हुमगाई र लेखापाल दिनेश सुवेदी रहेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .