BREAKING NEWS

Sunday, June 28, 2015

‘असारे रोपाई महोत्सव’ को तयारी पुरा


पोखरा १३ असार । भूकम्पपछि सुनसान अवस्थामा रहेको पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने लक्ष्यसहित पोखरामा हुन लागेको ‘असारे रोपाई महोत्सव’ को तयारी पुरा भएको छ । आईतवार पत्रकार सम्मेलन गरी आयोजकले तयारी सम्पन्न भएको जानकारी गराएको हो ।
महोत्सबको १२ औं संस्करण यो वर्ष असार १५ गते पोखरा उपमहानगरपालिका–१७, बिरौटाफाँटमा हुँदैछ । स्थानीय कृषक शम्सेरबहादुर पौडेलको ११ रोपनी क्षेत्रफल खेतमा हुने महोत्सवको सबै तयारी सकिएको परिषदका अध्यक्ष सोमबहादुर थापाले जानकारी दिए ।
पोखरा पर्यटन परिषद्को आयोजना, बिरौटा क्लबको सह–आयोजनामा हुन लागेको रोपाई महोत्सवलाई पर्यटन बोर्ड र पोखरा उद्योग वाणिज्य संघले प्रबद्र्धन गरेका छन् ।
‘पोखरा सबै मौसमका लागि’ मूल नाराका साथ आयोजित महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने आयोजकको विश्वास छ । महोत्सबमा एक सय भन्दा बढी विदेशी पर्यटक सहभागि हुने अपेक्षा गरिएको छ । सकेसम्म धेरै विदेशी पर्यटकलाई महोत्सवमा उपस्थित गराई हिलोमा खेलाउने आयोजकको लक्ष्य छ । पर्यटकलाई लक्षित गरी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम पनि समावेश गरिएको महोत्सब संयोजक महेन्द्र श्रेष्ठले बताए । महोत्सब उद्घाटनको लागि सञ्चारमन्त्री मिनेन्द्र रिजाल आउने आएका छन् ।
हिलो खेल्दै धान रोप्ने र विदेशी पर्यटकले पनि खेतालाको भूमिकामा महोत्सवमा रमाउने संयोजक श्रेष्ठले बताए । महोत्सवमा साउने प्रतियोगिता, असारे गीतसँगै रोपाई, विदेशी र नेपाली सहित विभिन्न समूहको रस्साकस्सी, माछा समाउने, हिलो दौडलगायतका प्रतियोगिता समावेश गरिएको छ ।
परिषदले हरेक वर्ष असार १५ गते फरकफरक स्थानमा रोपाई महोत्सव आयोजना गर्दै आएको छ । भूकम्प पछिको विषम परिस्थितिको समयमा आयोजना हुने महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने परिषद्का सल्लाहकार डम्वर केसीले बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .