BREAKING NEWS

Thursday, June 18, 2015

जापानिज भोलेन्टीयर चिहिरो आन्दोलाई विदाई

 लेखनाथ ३, असार
जापानीज जाईका भोलेन्टियर चिहिरो आन्दो लेखनाथ उद्योग वाणिज्य संघमा दुई वर्ष विताई जापान फर्कन लागेकोमा आज एक कार्यक्रम विच बिदाई कार्यक्रमको आयोजना गरियो । लेखनाथ उद्योग वाणिज्य संघद्धारा संचालित एक गाँउ एक उत्पादन कार्यक्रम र समुदाय विकासका लागि जापानबाट भोलेन्टियरको रुपमा चिहिरो आन्दो दुई वर्ष अगाडि लेखनाथ उद्योग वाणिज्य संघमा आएकि हुन । 
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीको अध्यक्षतामा आयोजना गरिएको विधाई कार्यक्रममा लेखनाथ नगरपालिकाका कानुन अधिकृत राममणि अधिकारी, निवर्तमान अध्यक्ष सुमन भट्टराई, कार्यालय प्रमुख बद्रिनाथ पौडेल, पचभैया होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले चिहिरो आन्दोले होम स्टे संचालन, कफि प्रवद्र्धन र कार्यालयमा पुर्याएको सहयोग र उहाँको सरलताको प्रसंशा गर्दै उहाँको उत्तरउत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । विदाई भई जान लाग्नु भएको चिहिरो आन्दोले लेखनाथ बासीले पुर्याउनु भएको सहयोगले आफुलाई नेपालमा आई काम गर्न सहज भएको बताउनु हुदैं सम्पुर्ण लेखनाथ बासीलाई धन्यवाद दिनुभएको थियो ।

आन्दोले नेपाल र लेखनाथ बासी आफ्नो स्मरणमा सधै रहने बताउनुहुदैं सवैलाई वातावरण सरसफाईमा ध्यान दिन अनुरोध गर्नुभएको थियो । विधाई कार्यक्रममा संघका अध्यक्ष बावुराम गिरीले आन्दोलाई मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो भने पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, उपसमिति संयोजक लगायत सम्पुर्णले खादा र टिका लगाई विदाई गर्नुभएको उक्त कार्यक्रम संघका महासचिव बलराम ढकालले गर्नुभएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .