BREAKING NEWS

Tuesday, May 26, 2015

पोखरामा भुकम्पको क्षमा पूजा


पोखरा, १२ जेठ
पोखराका पर्यटन व्यवसायीले मंगलबार बैदामस्थित केदारेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । भूकम्पको पहिलो ठुलो धक्का आएको महिना दिन पारेर मन्दिरमा पुजा गरेका हुन् । पर्यटन व्यवसायी सहभागि पोखरा पर्यटन पुनरुत्थान समितिको संक्रियातामा क्षमा पुजा गरेका हुन् । भूमि हल्लिएकोले भूमिमै पूजा गरेको उनिहरुले बताए ।पोखरेलीको सहभागितामा मन्दिरमा पुजाआजा गरेको हो । मानवीय त्रुटिबाट केहि गल्ती भएको भए भूमिसँग क्षमा पाउँ भन्दै पुजा गरेको समितिका संयोजक गणेश भट्टराईले बताए । उनले भने, ‘धार्मिक विश्वासका साथ पुजा गरेको बताए ।’ पण्डितहरुले हवन गर्दै मन्दिरमा पुजा गरेका थिए । त्यसमा पोखराका पर्यटन व्यवसायी सहित सर्वसाधारणको सहभागिता रहेको थियो । 

भूकम्पको त्रासदिबाट ग्रसित नागरिकको शान्ति र सम्मृद्धिको कामना गर्दै पूजा गरेको भट्टराइले जानकारी दिए । स्वस्तीशान्ति सहितको भूमि पुजाले अहिलेको संकट टार्ने व्यवसायीको विश्वास छ । भूमिपुजाले अहिलेको संकट, त्रास, भय र विपत्ती नास होस भन्नेमा व्यवसायी विश्वस्त रहेको उनले बताए । क्षमापुजामा विभिन्न देविदेवताको पूजा गर्दै हवन गरिएको थियो । ‘हामीले संकट परेको बेला भगवान पुर्कार्ने चलन छ । अहिले संकट परेको छ । त्यहि भएर यो पूजा आयोजना गरेका हौं’ उनले भने । त्यसै गरि पोखरा विन्ध्यवासीनी मन्दिरमा पनि तीन दिन देखि क्षमा पुरा सन्चालन भएको छ ।








Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .