BREAKING NEWS

Thursday, May 7, 2015

विश्व रेडक्रस दिवस : भुकम्प प्रभावितको राहात वितरणमा केन्द्रित


पोखरा २४ बैशाख ।  नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले विश्व रेडक्रस दिवस भुकम्प प्रभावितहरुलाई राहत वितरणलाई केन्द्रित गर्दै मनाउने भएको छ । ‘रेडक्रसका सिद्धान्त व्यवहारमा’ भन्ने नाराका साथ शनिवार विश्व रेडक्रस दिवस मनाईदै छ ।
शाखाले शनिवार प्रभावितहरुलाई राहत वितरण र घाइतेलाई फलफुल, पोखरा–२५ पुम्दीभुम्दीमा स्वास्थ्य अन्र्तगत पुर्णखोप सुनिश्चित घोषणा, सल्यानमा रेडक्रस अभिमुखिकरण, विभिन्न जुनियर रेडक्रस तथा युवा रेडक्रस सर्कलहरुमा ब्याज वितरण र आइतवार रक्तदान कार्यक्रम गर्ने जनाएको छ ।
यसैगरि दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखरा २, ३ उपशाखा, अनन्ता सामुदायिक सेवा समिति, टोल विकास संस्था, वडा समन्वय समिति पोखरा–२ र हरिचोक १,२ बाट संकलित दैनिक उपभोग्यका सामग्री शनिवारै माछापुच्छ«े गाविसमा प्रदान गरिने उपशाखाका सभापति खगेन्द्र पराजुलीले जानकारी दिए ।
प्रत्येक वर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस मनाउने गरिन्छ । इटालीको सल्फेरिनोमा भएको युद्धको विभत्स दृश्यबाट प्रभावित भई जाँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रसको जन्म भएको हो । सोहि दिनको सम्झनामा विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
वि.स. २०२२ सालमा स्थापना भएको कास्की शाखाले विश्व रेडक्रस अभियाानकोको प्रचार प्रसार, अन्तराष्ट्रिय कानुनको प्रवद्धनका साथै प्रकोप नियन्त्रण, न्यूनिकरण, उद्धार वातावरण संरक्षण, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । कास्की शाखामा ५५ उपशाखा, आजिवन सदस्य ८ हजार, १ सय ६० जुनियर सर्कल, ५१ युवा सर्कल क्रियाशील छन् ।
कास्की शाखाले भुकम्प प्रभावितलाई राहत संकलन कार्यलाई जारी राखेको छ । विहिवारसम्म १७ लाख ६८ हजार ८५ रुपैया संकलन भएको छ । पछिल्लो क्रममा नेपाल रेडक्रस सोसाइटी अर्मला उपशाखा, अर्मलाले ७५ हजार ५ सय ५० रुपैंया प्रदान गरेको छ । सो रकम शाखाका मन्त्री कृष्ण तिमील्सीनाले ग्रहण गर्दै सहयोग रकम पिडित समक्ष पु¥याउने प्रतिवद्धता व्यक्त गरे । यसैगरि अमलेमार्ग आमा समुह, पोखरा–१७, छोरेपाटनले १५ हजार ५ र एकराज अधिकारी, न्यू समिति गेष्ट हाउस, वैदामले २ हजार रुपैया प्रदान गरेको छ ।
संकिलत रकममध्य विभिन्न सामग्री खरिद र यातायात ढुवानीमा १६ लाख २ हजार ८ सय ८६ रुपैया खर्च भएको कोषाध्यक्ष धर्मराज अधिकारीले बताए ।  कास्कीमा २ हजार ५ सय ६१ परिवारलाई १ हजार ७ सय ७२ थान त्रिपाल र ८ सय ७१ थान कम्वल वितरण गरिएको छ । हालसम्म पोखरा र लेखनाथ वाहेक सबै गाविसमा राहत पुगेको रेडक्रस कास्कीले जनाएको छ । नगरपालिकाका कतिपय वडाहरुमा भने वितरण भइसकेको छ । गाविसहरुबाट राहतको लागि माग आउने क्रम भने जारी रहेको मन्त्री कृष्ण तिमील्सीनाले जानकारी दिए ।
विपत्तीपूर्ण अवस्थामा सवै व्यक्ति तथा संघसंस्थाहरुलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले राहत संकलन अभियानमा जुट्न समेत अनुरोध गरेको छ । शाखाले नेपाल रेडक्रस सोसाइटी कास्कीको सिटी डेभलपमेन्ट बैंकमा रहेको खाता नं. ००१०१५०००४५९४८०००००१ मा रकम जम्मा गर्न सकिने जनाएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .