BREAKING NEWS

Sunday, May 31, 2015

भुकम्प पिडितलाई कुटानी पिसानीको सहयोग

सहयोगका हातहरु कुटानी पिसिनी व्यबसायी समिती लेखनाथले लेखनाथ नगरपालिका बडा नं १५को डाडाँगाउका भुकम्प पिडितहरुलाई राहतका समाग्री वितरण गर्दै समितीका पदाधिकारीहरु ।
            तस्बिर: भीमपाणि बराल

लेखनाथ,१७जेठ।
कुटानी पिसानी ब्यबसायी समिती लेखनाथले भुकम्प पिडित परिबारको सहयोगार्थ संकलन गरेको राहत सामाग्री वितरण गरेको छ।
समितीको अग्रसरतामा आफना ब्यवसायीहरुसँग संकलन गरिएको राहत सामाग्री लेखनाथ नगरपालिका बडा नं १५डाडाँ गाउका ४९ भुकम्प पिडित घर परिबारलाई वितरण गरेको हो।
गत बैशाख १२र १९गते आएको विनासकारी भुकम्पका कारण घर बार बिहिन परिबारका लागि कुटानी पिसानी व्यवसायी समितीले चामल,दाल,तेल र नुन एक कार्यक्रमका विच वितरण गरिएको हो।
कुटानी पिसानी ब्यबसायी समिती लेखनाथका अध्यक्ष रामजी पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जागृती युबा  क्लबका अध्यक्ष डालाराम बसौला,कार्यक्रम संयोजक तथा सस्थाका उपाध्यक्ष कृष्णबहादुर अधिकारी,कोषाध्क्ष भरतराज न्यौपाने,व्यवसायी सदस्य ढुण्डीराज पौडेल र नारायण प्रसाद पाण्डे लगाएतले दुःख र विपतमा परेकालाई जति सक्दो सहयोग गर्नु नै मानविय धर्म भएको विचार राखेका थिए।
चन्द्रज्योती प्राविको प्राङगणमा राखिएको सो कार्यक्रममा ब्यवसायीहरुको तर्फबाट महिला सदस्य तेजकुमारी साही राणा,व्यवसायी सदस्य सुर्य राजभाट,गणेस बहादुर थापा र विष्णु प्रसाद गौतम लागयतले सामुहिक रुपमा उक्त राहत सामाग्री वितरण गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .