BREAKING NEWS

Friday, May 8, 2015

भुकम्पमा ज्यान गुमाएकाको संझनामा दिप प्रज्बलोन

Photo: Prem Kumar Shrestha's Fb

लेखनाथ ,२४बैशाख
गत बैशाख १२गते आएको विनासकारी महाभुकम्पमा परि ज्यान गुमाएकाका ब्यक्तिहरुको संझना र घाईतेहरुको सिघ्र स्वाथ्यलाभको कामना गर्दै विहिबार लेखनाथको शिसुबामा सामुहिक दिप प्रज्बलन गरिएको छ।

भुकम्पमा परि ज्यान गुमाएकाहरुको १३औ दिनको पुन्य तिथीको अबसरमा दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै स्थानीय सामाजीक संघ सस्थाको सक्रियातामा शिसुबा बजारमा रहेको त्रि नेत्रश्वर शिब मन्दिर परिसरमा नेपालको नक्सा बनाई सामुहिक रुपमा दिप प्रज्वलन गरिएको हो।
स्वस्थीक बाचन र एक मिनेट मौनधारण गरि सुरु भएको कार्यक्रममा नेपाल मानब धर्म सेवा समिती गण्डकी अञ्चल  संयोजक माहात्मा पिताम्बरा बाईजीले आगामी दिनमा यस प्रकारका विनासकारी भुकम्पबाट कोही कसैले ज्यान गुमाउन नपरोस् भन्ने कामना समेत गरिएको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .