BREAKING NEWS

Friday, May 29, 2015

त्रिवेणी इन्टरनेशनल कलेजले गोरखा को नाम्जुंगमा राहत बितरण गर्यो


लेखनाथ, जेष्ठ १४
त्रिवेणी इन्टरनेशनल कलेजले गोरखा, नाम्जुंग गा.वि.सको माझीटार र वार्ड नम्बर ५ को दलित बस्तिमा राहत वितरण गरेको छ। अहिलेसम्म कुनैपनि राहत सामग्री नपुगेकाले उक्त राहत सामाग्री पिडितहरू समक्ष पुर्याउन पाउँदा विद्यार्थीहरूले खुशी ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रम संयोजकहरू कमल गौतम, इन्द्र भुर्तेल, असिम पाण्डे लगायत स्थानीय राहत वितरण संयन्त्र मार्फत कार्यक्रममा त्रिवेणी इन्टरनेशनल कलेजले २० किलोको दरले १०० घर परिवारलाई राहतस्वरुप चामल वितरण गरेको थियो। दुर्गम र अत्यन्त भूकम्प क्षेतिग्रस्त रहेकोले विद्यार्थीहरूसहित आफुहरू उक्त ठाउँमा पुगेको कलेज प्रमुख यदुराज आचार्यले बताउनु भयो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .