BREAKING NEWS

Monday, May 4, 2015

विश्वका विभन्न प्रविधि कम्पनीहरुले नेपालमा गएकाे भुकम्पककाे वेला ठुलाे सहयाेग पुन्याएका

२०७२ बैशाख २१ गते
नेपालमा वैशाख  गएको विनाशकारी भुइँचालोबाट पीडितहरुको सहयोगका लागि विश्वका हरेक तह र तप्काबाट सहयोग तथा सान्त्वना प्रदान हुने क्रम चलिरहेको छ । भुकम्प प्रभावितका लागि विश्वका चर्चित प्रविधि कम्पनीहरुहरुले समेत विभिन्न सेवा सुविधा उपलब्ध गराउनुका साथै आर्थिक सहयोग समेत जुटाएर योगदान गरिरहेका छन् । नेपालका भुकम्प पीडितका लागि टेक जाएन्टहरुले गरेको सहयोगका केही उदाहरण यस्ता छन्-
एप्पल-अमेरिकी टेक जाएन्ट एप्पलले नेपालका भुकम्प पीडितको उद्धार तथा राहतमा अमेरिकी रेडक्रस सँग सहकार्य गरेको छ । साथै एप्पलले आइट्युन्स प्रयोगकर्तालाई नेपालका भुकम्प पीडितका लागि आइट्युन्स स्टोर मार्फत आर्थिक सहयोग गर्न समेत आव्हान गरेको छ । त्यसरी संकलित रकम अमेरिकी रेडक्रसलाई प्रदान गरिने र रेडक्रसमार्फत नेपालका भुकम्प पीडितलाई उपलब्ध गराइने एप्पलले जनाएको छ ।
फेसबुक- भुकम्प प्रभावितको अवस्थाबारे आफन्त तथा साथीभाइलाई जानकारी प्रदान गर्न तथा सुरक्षित रहनका लागि सेफ्टी चेक नामक एप संचालन गरेको फेसबुकले प्रयोगकर्ताबाट उठाएको १ अर्ब सहयोग रकम जुटाएको छ । साथै फेसबुकले आफ्नो तर्फबाट नेपालका भुकम्प पीडितको पुनस्र्थापनामा २० लाख डलर सहयोग गर्ने जनाएको छ । साथै फेसबुकले आफ्नो वालमा डोनेसन बटन समेत थप गरेको छ ।
गुगल– सर्च इन्जिन जाएन्ट गुगलले भुकम्पबाट हराइरहेका तथा मृत्यु भएकाहरुको डाटाबेसको रुपमा पर्सन फाइन्डर टूल संचालन गर्नुका साथै गुगल भ्वाइस सर्भिसको शुल्कमा समेत कटौति गरेको जनाएको छ ।
भारतीय टेलिकम अपरेटरहरु– भारतीय टेलिकम सेवा प्रदायक बिएसएनएल, एमटिएनएल, एयरटेल, एयरसेल, भोडाफोन तथा आइडिया सेलुलर लगायतका कम्पनीहरुले भुकम्पको सुरुवाती दिनहरुमा भारतबाट नेपालमा कल गर्दा शुल्क मिनाहा गरेका थिए ।
लाइन- मोबाइल मेसेन्जर सेवा लाइनले आफ्नो पि्रमियम कल सेवालाई अपडेट गर्दै बेलायती प्रयोगकर्तालाई नेपालमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गर्यो ।
स्काइपी- माइक्रोसफ्ट कम्पनीको भ्वाइस कम्युनिकेसन सफ्टवेयर स्काइपीले नेपालमा तथा नेपालबाट अन्य देशमा गरिने फोन कल निशुल्क गर्यो ।
अमेरिकी टेलिकम अपरेटरहरु- टी मोबाइल, भेरिजोन, टाइम वार्नर केवल, एटी एण्ड टी तथा स्पि्रन्ट लगायतले नेपालको विनाशकारी भुकम्पपछि अमेरिकाबाट नेपालमा गर्ने फोन कल तथा मेसेजलाई निशुल्क गरेका छन् ।
भाइबर- मेसेजिङ एप भाइबरले नेपालको भुकम्प पश्चात् नेपालबाट गरिने कलहरु (भाइबर आउट) लाई निशुल्क बनायो । जसका कारण नेपाली प्रयोगकर्ताले विश्वका जुनसुकै भागमा भाइबर मार्फत निशुल्क कल गर्ने सुविधा प्राप्त गरे । यसबाट भाइबर वीहिन नम्बरहरुमा समेत कल गर्न सकिने भयो । टि्वटर- माइक्रोब्लगिङ साइट टि्वटरले नेपालका भुकम्प पीडितका लागि कोष संकलन गर्न युनिसेफलाई सहयोग गरिरहेको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .