BREAKING NEWS

Thursday, May 28, 2015

न्यु लाईट उच्च मा.वि ले स्कूल क्याप्टेन चयन तथा सदन बिभाजन गर्यो


लेखनाथ, जेष्ठ १४,

शिशुवाको न्यु लाईट उच्च मा.वि मा सदन बिभाजन तथा स्कूल क्याप्टेन चयन गरिएको छ। कक्षा ४ देखि १० सम्मका सम्पुर्ण बिद्यार्थीहरूलाई ४ सदनमा विभाजन गरिएको  थियो। रंगहरुको नामले नामाकरण गरिएको सदनमा
हाउस क्याप्टेन र भाइस क्याप्टेन रातो सदनका अनिश चापागाई र अल्का कोइराला- हाउस टिचर सन्तोस गुरुङ, सेतो सदनका बिधान बास्तोला र समी थापा- हाउस टिचर राजन परियार, हरियो सदनका श्रद्धा पौडेल र रिया थापा हाउस टिचर प्रकाश आचार्य , निलो सदनका अज्मा ढकाल र विजय तिवारी हाउस टिचर शर्मिला श्रेष्ठ रहेका छन् ।
उक्त कार्यक्रममा निर्वाचन संयोजक शिब घिमिरेले अत्याधिक मतका साथ बिजयी स्कूल क्याप्टेन यम बहादुर के.सी, स्कूल भाइस क्याप्टेन बिक्रम ढकाल र सम्पूर्ण हाउस क्याप्टेन तथा हाउस भाइस क्याप्टेनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

स्कूलका अतिरिक्त क्रियाकलाप प्रमुख पूर्ण भद्र सुबेदीले गरेको उक्त कार्यक्रममा स्कूलका प्रिन्सिपल बुद्धिप्रसाद बास्तोलाले अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रमको महत्व र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । विद्यार्थीहरूको क्षमता अविव्रिद्धि गर्न हरेक शुक्रबार अन्तर सदन अतिरिक्त क्रियाकलाप आयोजना गर्नुपर्नेमा जोड दिदै स्कुलका निर्देशक नबिन देवान, स्कूलका भाइस प्रिन्सिपल ढाकाराम कंडेल, डीन अरुण सुबेदी लगायतले आफ्ना भनाई राख्नु भएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .