BREAKING NEWS

Friday, May 29, 2015

स्थानियको सक्रियतामा कालोपत्रे

लेखनाथ,१४जेठ।
लेखनाथ नगरपालिका बडा नं २ को गोलपाटन देखि खाडीको मुखसम्मको कच्ची बाटोमा स्थानीयबासीको सक्रियतामा कालोपत्रे गरिएको छ।
स्थानीय उपभोत्ताबाट आर्थीक सहयोग तथा जनश्रमदान र सडक विभाग कास्कीको प्राविधिक तथा आर्थीक सहयोगमा दुई तर्फी नाला सहित पाँच मिटर चौडाई रहको करिब दुई सय ३० मीटर बाटोमा कालोपत्रे गरिएको उपभोत्ता समितीका सल्लाकार जितेन्द्र क्षेत्रीले जानकारी दिएका छन्।
करिब १२लाखको लागतमा निर्माण गरिएको बाटोबाट सो क्षेत्रका उपभोक्ताहरुलाई बर्षादको समयमा यातायात सेबा संचालनमा ठुलो सहयोग पुग्ने विश्बास लिईएको बाटो निर्माण समितीका अध्यक्ष लोकनाथ सापकोटाको भनाई रहेको छ।  

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .