BREAKING NEWS

Thursday, May 7, 2015

भुकम्प पिडितलाई हाम्रो सहयोगीवाट राहत वितरण


लेखनाथ २४ वैशाख
भुकम्प पिडितको घर आँगनमा पुगेर पृथ्वीचोक ९ पोखरा मलमा रहेको हाम्रो सहयोगी वचत तथा ऋण सहकारी संस्था लि ले राहत सामग्री वितरण गर्नुका साथै स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
संस्थाका अध्यक्ष रामवावु खड्काका अनुशार भुकम्प वाट प्रभावित भएको नुवाकोट जिल्लाको तारुका गाविस ९ कौछिनीमा भुकम्पले प्रवाभित भएका ९७ घर धुरीलार्य पिडितको घरमा पुगेर राहत सामग्री वाड्का साथै निशुल्क स्वास्थ्य शिविर गरेको छ । भुकम्प पिडितको सहयोगार्थ संस्थाले छुटाएको २ लाख संस्थावाट संकलित १ लाख ५० हजार वरावरको कपडा खाद्यान्न तथा ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाण्डौ, लेखनाथ सामुदायिक लायन्स अस्पताल, कस्सेप्ट मेडिकल कन्सर्न, खुशि आयुर्वेद भवन, पृथ्वीचोक पोखरा लगाएतको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरी करीव ५ लाख वरावरको त्रिपाल, खाद्यान्न, कपडा, औषधी वितरण गरीएको संस्थाका कोषध्यक्ष शुक्रराज कडेंलले जानकारी दिए ।
संस्थाका अध्यष रामवावु खड्का, सचिव नविनकिरण भुसाल, सहसचिव राधिका योगी, कोषाध्यक्ष शुक्रराज कडेल, ऋण उपसमिती संयोजक सुवास ढुगाना, लेखा सुपरिवेक्षण संयोजक मञ्जु पौडेल भट्टरई पौडेल, सदस्य डम्मर क्षेत्री, कर्जा व्यवस्थापक अनिल सुवेदी, वजार व्यवस्थापक सन्तोष पराजुली, सहितको टोलीले पिडित भएको ठाउँमानै पुगेर राहत सामग्री वाँडेका हुन् ।
त्यस्तै लेखनाथ सामुदायिक लायन्स अस्पतालका डा सन्तोष वराल, सिअहेव रविन्द्र अर्याल, ओजस आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाण्डौका डा वावुराजा अमात्य, नारायण आचार्य, नेपाल आयुर्वेद स्वास्थकर्मी समाजका केन्द्रिय अध्यक्ष तिर्थ आचार्य लगाएतको टालीले २०० भन्दा वढीको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरीएको हो ।
संस्थाले समाजिक उत्तरदायित्वका यस्ता गतिविधिहरुलाई निरन्तरता दिने संस्थाका सचिव नविनकिरण भुषालले जानकारी दिए ।       

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .