BREAKING NEWS

Wednesday, May 6, 2015

अपडेट: भूकम्पले लियो साढे सात हजार बढीको ज्यान

बैशाख २३ गते-
गत बैशाख १२ गते गएको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार ६ सय ७५ पुगेको छ । भूकम्पमा परी १४ हजार ४ सय ७७ जना घाइते भएका छन् ।
काठमाडौँ उपत्यकामा एक हजार ६ सय ९१, पूर्वाञ्चल विकास क्षेत्रमा ५३, मध्यमाञ्चलमा पाँच हजार ५ सय ८, पश्चिमाञ्चलमा ४ सय २१ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा सात हजार ६ सय ३९, पूर्वाञ्चलमा ३ सय १९, मध्यमाञ्चलमा पाँच हजार ३ सय १६, पश्चिमाञ्चलमा एक हजार १ सय ७९, मध्यपश्चिमाञ्चलमा २२ जना र सुदूर पश्चिमाञ्चलमा दुई जना घाइते भएका छन् ।
भूकम्पमा नेपाल प्रहरीका पाँच, नेपाली सेनाका नौ, सशस्त्र प्रहरीका एक, एघार जना निजामती कर्मचारी र ६६ जना विदेशी पर्यटकको मृत्यु भएको छ ।
अहिलेसम्म उपत्यकामा एक हजार ६ सय ६४, पूर्वाञ्चलमा ५१, मध्यमाञ्चलमा पाँच हजार ४ सय ८४, पश्चिमाञ्चलमा ३ सय ८२ र मध्यपश्चिमाञ्चलमा दुईको गरी जम्मा सात हजार ५ सय ८३ शव मृतकका आफन्तलाई बुझाइएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .