BREAKING NEWS

Wednesday, May 6, 2015

त्रिपालमा कालोबजारी भएपछि पसल पसलमा अनुगमन

बैशाख २३ गते-
भूकम्प पीडितका लागि बिक्री भैरहेको त्रिपाल लगायतका सामग्रिमा कालोबजारी भएको अत्यधिक गुनासो भएपछि, पोखराका विभिन्न पसलमा अनुगमन गरिएको छ ।
त्रिपाल र ब्लाङकेट चर्को मूल्यमा बेचेको गुनासो आएपछि जिल्ला अनुगमन समितिले बुधबार पोखराको चिप्लेढुंगा, महेन्द्रपुल लगायतका ठाउँमा रहेका पसलमा अनुगमन गरेको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमको नेतृत्वमा सिद्धार्थचोकको ढकाल प्लाष्टिक स्टोर्स, चिप्लेढुंगाको एलपि प्लाष्टिक सप्लायर्स, पन्थी गल्लीको आर एल. इन्टरप्राइजेज र न्यूरोडको जय हनुमान बस्त्रालयमा अनुगमन गरी अनुसन्धानका लागि सञ्चालकहरुलाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ ।
अनुगमनका क्रममा गुनासो अनुसार ती पसलका गोदाममा बढी सामान भने नभेटिएपनि केही पसलेहरुको चर्को मूल्यमा बिक्री वितरण गरेको पाईएको थियो ।
अनुसन्धानपछि त्यस्ता पसलेलाई खरीद बिक्री बिलका आधारमा उपभोक्ता ऐन अनुुसार कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
NR

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .