BREAKING NEWS

Friday, May 22, 2015

बैदाम नेवाः आमा समुहको देउरालीमा सहयाोग


लेखनाथ ८जेष्ठ
गत बैशाख १२ र २९ गते आएको विनासकारी भुकम्पमा परि कास्कीको देउराली गाविस बडा नं ७को रामादीका घरबार विहिन भएका भुकम्प पिडित परिबारलाइ  पोखरा ६ बैदामको नेपा नेबाःनिसा आमा समुहले जस्तापाता सहयोग गरेको छ।
आमा समुहको सक्रियतामा संकलन गरिएको रहात रकमबाट ७२थान जस्ता पाता खरिद गरि पुर्णरुपमा नष्ठ भएका ११घर परिबारलाई समुहिक रुपमा वितरण गरिएको हो ।
नेबाःनिसा आमा समुह बैदाम ठाडो पसलकी अध्यक्ष धनकुमारी श्रेष्ठ,सचिब ईन्द्र श्रेष्ठ र कार्यक्रम संयोजक अमृता श्रेष्ठले देउराली गाविस रामादीको सत्य तमु आमा समुहकी अध्यक्ष मंगली गुरुङ र बडा  नागरिक मञ्चका संयोजक हरिशचन्द्र पौडेललाई सामुहिक रुपमा ७२पाता टिन वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी तथा होटल व्यवसायी तिलक बहादुर अधिकारी र नेबा ःखल बैदामका अध्यक्ष श्रीधर श्रेष्ठ,स्थानीयबासी टेक बहादुर गुरुङ र बयोबृद्ध पद्मबहादुर अधिकारीले एक नेपालीलाई दुःख पर्दा आर्को नेपालीले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए।
सहयोग सामाग्री प्रात्त गरेपछि स्थानीयबासीहरुले खुसी ब्यक्त गर्दै सरकारको आखा नपुगेको ठाउमा आमा समुहले आएर सहयोग गरेकोमा धन्यबाद दिएका थिए। यसरी सहयोग पाउनेहरुमा देउराली २रैकरका भुपेन्द्र विक र बल बहादुर नेपाली रहेका छन् भने देउराली ७ रामादीका मनबहादुर गुरुङ,धनसुक्बा गुरुङ,भीमबहादुर गुरुङ,होम बहादुर गुरुङ,मनिराज गुरुङ,मंगली गुरुङ,रुपा गुरुङ,खड्क बहादुर गुरुङ र यमबहादुर गुरुङ रहेका थिए।
उत्त ठाउमा बसोबास गर्दै आएका ५१घर परिबारमा ११घर पुर्ण रुपले नष्ठ भएका छन् भने १३घरमा आम्सीक क्षती र बाकी  घरमा केही क्षती पुगेको प्रारम्भीक तथ्याङक रहेको छ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .