BREAKING NEWS

Monday, May 25, 2015

लागु औषधि दुर्वेशन विरुद्धको एक कार्यक्रम सम्पन

लेखनाथ ३
आवासनगर मा स्थापित लेखनाथ मेमोरियन वोडिङ्ग स्कुलको आयोजनामा एकदिने लागुपदार्थ एच .आई .भी एड्स दुर्वेशन र रोकथामको विषयमा एकदिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेखनाथ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पौडेल ले विद्यालयबाट  विद्यार्थी, समाजबाट युवा र घरबाट परिवार एक भएर दुर्वेशन मुक्त समाज निर्माण गर्नेमा जोड दिए । सोहि कार्यक्रमा उनले वालवालिकाहरुलाई सानोबानै दुर्वेसन सम्बन्धि जानकारी दिनुपर्ने कुरा वताए ।

लागुऔषध तथा एच.आई.भी एड्स निवारण तथा नियन्त्रण समिति लेखनाथको आयोजनामा, जि.वि. स कास्की, लेखनाथ नगरपालिका, नौलो घुम्ती नेपाल, लेखनाथ सामुदायीक सेवा केन्द्र लगायतको सहयोगमा गरिएको एक दिवसीय सचेतना कार्यक्रमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, सल्लाहाकार नेत्रपाणी बास्तोला, वोर्डिङ्गल स्कुलकी प्रिन्सीपल राईका भट्टराई लगाएतले बोलेका थिए । समितीका अध्यक्ष मोती गिरीको सभापतीको सम्पन्न कार्यक्रमको सचिव रामजी पौडेलले सञ्चालन गरेका थिए । 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .