BREAKING NEWS

Sunday, May 10, 2015

ओवामाको सल्लाहाकारमा नेपाली मुलकी प्रधान मनोनित



वासिंटन डिसी २७ वैशाख । अमेरीकी राष्ट्रपति वाराक ओवामाको सल्लाहाकारमा नेपाली मुलकी चेली मनोनित भएकी छन् । एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट राष्ट्रपतिको सल्लाहकारमा नेपाली मुलकी सञ्जिता प्रधानलाई मनोनित गरिएको हो ।
शनिबार ओवामाले गरेका महत्वपूर्ण ३ वटा मनोनित मध्ये आइवामा रहेकी नेपाली मुलकी अमेरिकन सञ्जिता प्रधानलाई मनोनित गरेका हुन। ‘म नयाँ मनोनित सदस्यहरुसँग काम गर्न उत्सुक छुँ,’ ओवामाले भने।‘आउँदो साता मलाई ओथका लागि वासिंटन डिसी बोलाइएको छ,’ मनोनित भएलगत्तै प्रधानले सेतोपाटीसँगको कुराकानीमा भनिन्,‘मेरो करियर कम्प्युटरमा भएपनि सामाजिक सेवामा बढी सक्रिय छु।’
यसघि शरणार्थी रिसेटलमेन्टमा काम गरिसकेकी प्रधान सन २०१३ देखि आइवामा एसिया प्सासिफिल आइसल्याण्डर अफेयर्स अन्तर्गत मानव अधिकार प्रमुखका रुपमा कार्यरत छन्।भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीकी विद्याथी प्रधान अमेरिपुगेपछि सामाजिक काम तथा शरणार्थी ब्यवस्थापनमा सक्रिय रहँदै आएकी थिइन्।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .