BREAKING NEWS

Tuesday, May 5, 2015

बङ्गलादेशले १० हजार मेट्रिक टन चामल दिँदै


२२ बैशाख, काठमाडौं ।
बङ्गलादेश सरकारले नेपालका भूकम्पपीडितको सहयोगार्थ १० हजार मेट्रिक टन चामल उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री शेख हसिनाले गत सोमबार सहयोगस्वरुप उक्त परिमाणको चामल नेपाल पठाउन आदेश दिएको र ढुवानीको प्रक्रिया प्रारम्भ भईसकेको यहाँस्थित बङ्गलदेशी राजदूतावासले आज जनाएको छ ।
साथै बङ्गलादेशी प्रधानमन्त्रीले चामलसँगै पर्याप्त पानीसमेत पठाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सचिव ए के एम शमिकलाई उद्धृत गर्दै उक्त दूतावासले जनाएअनुसार उक्त चामल बङ्गलाबन्ध–फूलबारी–पानीट्याङ्की– काकँडभिट्टा स्थलमार्गबाट पठाउने प्रक्रिया सुरु भईसकेको छ । हवाई मार्गबाट पनि केही राहत सामग्री ढुवानी गरिने छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .