BREAKING NEWS

Sunday, May 31, 2015

छिट्टै सवै विषयमा माष्टर सञ्चालन गर्छौ: उपकुलपती

लेखनाथ, १७ जेष्ठ

पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड एलाइण्ड साईन्समा पब्लिक हेल्थ अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्था एप्सले विविध कार्यक्रम गरी एप्स डे मनाएको छ । पुरानो समितीलाई विधाई गर्दै नयाँ समितीलाई स्वागत गर्ने कार्यक्रम अन्र्तगत केक काटेर मनाईएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पोखरा विश्वविद्यालयका उपकुलपती प्रा डा विष्णुराज तिवारीले अव छिट्टै सवै विषयमा मास्टर कार्यक्रम गर्ने प्रतिवद्धता जनाए । उनले समाजमा परिर्वतनका लागि र विकासको खाका वनाउने विषय भनेको पब्लिक हेल्थ रहेको समेत वताए । 
सोही कार्यक्रममा पब्लिक हेल्थका निमित्त डाईरेक्टर सुदर्शन सुवृदी, प्रोफेसर दिपेन्द्र कुमार यादव, संस्थाकी सल्लाहकार रजनी केसी लगाएतले संस्थाको प्रगतकिो कामना गर्नुका साथै सुझाव समेत व्यक्त गरेका थिए । 
कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी आभाष पुरीले गर्नुका साथै कार्यक्रमको सञ्चालन सचिव शेखर पोखरेलले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नारायण सपकोटाको सभापतीत्वमा सम्पन्न भएको थियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .