BREAKING NEWS

Saturday, May 2, 2015

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार नाघ्यो


काठमाण्डौ १९ बैशाख । गत शनिबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७ हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार भूकम्पमा परी ७ हजार ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइतेको संख्या १४ हजार ३ सय ९८ पुगेको छ ।
प्रहरीका अनुसार सबैभन्दा बढी मृत्यु सिन्धुपाल्चोकमा भएको छ । त्यहाँ २५ सय बढीको शव भेटिएको छ । अहिले पनि विभिन्न गाउँमा उद्दार टोली पुग्न नसकेको स्थानीयबसीले गुनासो गरेका छन् । काठमाडौंमा १ हजार १८० को मृत्यु भएको छ । ४ हजार ६३४ जना घाइथे भएका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .