BREAKING NEWS

Thursday, May 7, 2015

भ्रामक समाचार दिने अनलाइन पत्रिकालाई कारबाही हुने


काठमाडौं । भ्रामक तथा आतंकित तुल्याउने समाचार प्रकाशन तथा प्रकाशित नगर्न नेपाल प्रहरीले अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरी नागरिकलाई आतंकित बनाउने र सत्यतथ्य नबुझी भ्रामक समाचार प्रकाशन नगर्न भनेको हो ।
‘केही अनलाइन समाचार माध्यमहरुबाट समाजमा भ्रम सिर्जना गर्ने प्रकृतिका तथ्यहीन सामाग्रीहरु प्रशारण भइरहँदा जनमानसमा थप त्रास सिर्जना गरिरहेको कुराप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भइ केही व्यक्तिलाई कानुनी कारबाही समेत गरिसकिएको छ,’ प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रहरी प्रवक्ता कमल सिंह बमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘केही सञ्चारमाध्यमहरुले भ्रामक समाचारहरुलाई महत्व दिई सम्प्रेषण गर्ने गरेको र उक्त समाचार खड्न भई सक्दा पनि केही अनलाइन साइटहरुमा भ्रामक समाचार यथावत राखिरहेको पाइएको हुँदा यसबाट गुणात्मक रुपमा गलत सन्देश फैलिन सक्ने भएकाले कहीँ कतैबाट पनि त्यस्ता भ्रामक सूचनाहरु आएका नेपाल प्रहरी वा राज्यका अन्य आधिकारीक निकाय वा विज्ञसँग बुझि एकिन गरी सम्प्रेषण गर्न हुन र प्रशारित सामाग्रीमा सत्यता नभएको पुष्टि हुने वित्तिकै खण्डन सहित सामाग्री हटाउन समेत अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।


Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .