BREAKING NEWS

Sunday, May 3, 2015

लेखनाथमा पनि अधिकाँश पुराना घरहरु भत्किए; सम्बन्धित निकायको ध्यान नपुगेको स्थानियको गुनासो


लेखनाथ सिटि रिपोर्टर 
लेखनाथ, २०बैशाख
देशमा पटक पटक आएको विनासकारी भुइचालोले गरेको असर संगै लेखनाथ र आसपास क्षेत्रका प्राय: स्थानमा पुराना तथा कच्ची घरहरुको बस्ति नै क्षेतिग्रस्त बनेको छ । पाल र टेन्ट नपाए पछि छिमेकिका घर, आफन्तकोमा र डेरामा बस्दै आएको स्थानीय ब्यक्तिहरूले बताए। सामान निकाल्न नसकेकाले अझैपनि उनीहरू चिन्तित छन्। बिशेष गरि लेखनाथ नगरपालिका-१५, थुम्को अत्यधिक क्षतिग्रस्त भएको  हामीले जानकारी पाएका  छौं।

लेखनाथ -१५, थुम्को दलितहरूको बस्ति रहेको र बस्न नै नमिल्ने गरि क्षती भएको तर  पटक पटक जानकारी दिंदा पनि राहतका लागि कुनै संघ संस्थाले वास्ता नगरेको स्थानीय डोलराज पाण्डेले बताए। पटक पटक पिडितहरू आफुसंग सहयोग जुटाई दिन आग्रह गर्ने गरेको तर दिन भर काम गरेर बेलुका खाने उनीहरूलाई सहयोग गर्न कोहि नआईपुगेको उनले बताए। लेखनाथ नगरपालिकामा हामीले सम्पर्क गर्दा हामीलाई जिल्ला दैवि प्रकोप समिति मार्फत कुनै निर्णय तथा जानकारी नआएको तर १८ वटा वडा मध्ये १७ वटा वडामा तथ्यांक संकलन गरिसकिएको र वडा नम्बर-११मा आज गर्ने नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारीले बताउनु भयो।  


लेखनाथको रुपा ताल नजिकै रहेको रुपाकोटमा पर्ने बडहरे, पिपलडालीमा रहेको १९-२० घर मध्ये २-३ वटा ब्लकबाट निर्मित घर बाहेक बाँकि सम्पूर्ण घरहरू क्षतीग्रस्त भएको र सोहि ठाउँमा जुना खड्काको घरको माथिल्लो तलामा भएको खाटमुनि सुरक्षित हुन जाने बेलामा पर्खाल भत्कंदा टाउकोमा गम्भीर चोट लागि मृत्यु भएको थियो। “तथ्यांक लिन आउनुभयो मृतकको घरमा पुग्नु भयो तर हामीलाई कुनै पनि सहयोग भने भएको चाही छैन”- पुजा भुजेलले हामीलाई बताउनुभयो। मानिसहरू टेन्ट नभए पछि बस्तिनै छाडेर अर्कै बस्तिमा छिमेकिका घर, आफन्तकोमा र डेरामा बसेको तर सहयोग गर्ने कुनै निकाय नआएको उनीहरूको गुनासो रहेको छ। आपत्तिका समयमा उचित ब्यबस्थापन प्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक छ। 

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .