BREAKING NEWS

Friday, May 29, 2015

आफन्त परिबार हङकङको नेपालमा सहयोग

भीमपाणि बराल 
लेखनाथ,१४जेठ।हङकङमा बस्दै आएका नेपाली दाजुभाईहरुको साझा सस्था आफन्त परिबार हङकङले नेपालमा आएको बिनासकारी भुकम्पबाट घरबार विहिन परिबारका लागि सहयोग गरेको छ।
हङकङमा बस्दै आएका आफन्त परिबार समाजका अध्यक्ष थमन गुरुङको सक्रियतामा संकलन गरिएको दुई लाख नौ हजार आठ सय रुपियाँलाई लेखनाथ नगरपालिका बडा नं २मा रहेको राईजिङ स्टार युबा क्लबको संयोजनमा कास्कीको लुम्ले गाविस बडा नं ९का लान्द्रुक गाउँका पिडितहरुलाई वितरण गरिएको हो ।
भुकम्पबाट घर पुर्ण रुपमा क्षती भएका २३घर परिबारलाई जस्ता पाता र आम्सीक क्षती पुगेका १५ पिडित परिबारहरुका लागि खाद्यन्न सामाग्री वितरण गरिएको क्लबका पुर्ब अध्यक्ष कृष्ण गुरुङले जानकारी दिएका छन्।
क्लवका पदाधिकारी र रिठेपानी भुपु सैनिक क्लवका प्रतिनिधी सहितको टोली बुधबार लान्दु्रक गाउमा पुगी उक्त राहत सामाग्री वितरण गरेको हो।
राईजिङ स्टार युबा क्लबका आजिबन संरक्षक पुर्ण कुमार गुरुङ र भुपु सैनिक क्लवका क्याप्टेन गणेश बहादुर गुरुङले स्थानीय स्तर बुद्धि बहादुर गुरुङ र श्याम प्रसाद गुरुङलाई उत्त राहात सामाग्री हस्तान्त्रण गरेका थिए।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .