BREAKING NEWS

Monday, May 25, 2015

पर्यटक घुम्दा लिने शुल्कमा पूर्नविचार गर्न आग्रह

पोखरा, ११ जेठ पर्यटकीय पुर्वाधारमा भारी छुट घोषणा गरेका पर्यटन व्यवसायीले पर्यटक घुम्दा लिईने शुल्कलाई पनि समायोजन गर्न आग्रह गरेका छन् । छुटले केहि हदसम्म भएपनि पर्यटक तान्ने भएकोले घुम्न जाँदा पर्यटकले तिर्नुपर्ने शुल्क मिनाहा गर्न उनीहरुले अनुरोध गरेका छन् ।

पोखरा पर्यटन पूनरुत्थान समिति (पिटिआरसी)ले सोमबार विभिन्न गुफा र अन्य सरोकारवाालासँग गरेको छलफलमा यस्तो आग्रह गरिएको हो । पिटिआरसीका प्रशासनिक संयोजक अग्नी कँडेलले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), विभिन्न संग्रहालय, गुप्तेश्वर र डेभिजफल्स लगायतका क्षेत्रमा घुम्न जाँदा तिर्नुपर्ने शुल्क निशुल्क गर्न आग्रह गरेका छन् । उनले होटल, रेस्टुरेन्ट लगायतका पुर्वाधारले भारी छुट दिएकोले अब गुफा, म्यूजियम र पदयात्रामा जाँदा तिर्नुपर्ने शुल्क पनि घटाउन आग्रह गरेका थिए ।

छलफलमा बोल्दै टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका उपाध्यक्ष दीपक अधिकारीले पदयात्रा मार्ग सुरक्षित रहेकोले त्यसलाई केन्द्रबिन्दुमा राखेर प्रवद्र्धन गर्न सके पर्यटक ल्याउन सकिने बताए । डेभिजफल्स व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेलले पर्यटकले तिरेको शुल्को भरमा संचालित छोरेपाटन उच्चमावि पर्यटक नआएपछि आर्थिक संकटमा पर्न थालेको बताए । उनले उच्चमाविमा कार्यरत शिक्षक कर्मचारीका लागि पारिश्रमिक खुवाउन समेत नसक्ने अवस्था रहेको बताए ।
वातावररण तथा समाज सुधार समितिका अध्यक्ष राजन पौडेलले विभिन्न सहरसम्म पोखराबाट सिधा हवाई उडान संचालन गर्न सके पोखरामा पाहुना आउने बताए । पोखरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत अनन्त कोइरालाले पोखराले भौतिक तथा मानवीय क्षति नभोगेपनि आर्थिक क्षति भोग्नुपरेको बताए । पोखरा उपमहानगरले स्थानीय सम्पदा घुमेबापत पर्यटकसँग शुल्क लिने नीति बनाउँदै गर्दा भूकम्प आएकोले अहिले नै त्यो लागु हुन नसकेको उनले बताए । पोखराको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि उपमहानगरले पनि सहयोग गर्ने बताए ।
छलफलमा बोल्दै एक्यापका पर्यटन अधिकृत नरेन्द्र लामाले केहि ऐतिहासिक पूर्वाधारमा पनि क्षति पुगेको बताए । उनले अन्नपूर्ण क्षेत्रमा लिइने शुल्कको बारेमा पनि छलफल गरेर थप जानकारी गराउने बताए । गुप्तेश्वर गुफा व्यवस्थापन समिति उपाध्यक्ष रवीलाल श्रेष्ठले पनि पाहुना नभएर गुफाले चलाएको क्याम्पस आर्थिक संकटमा पर्न थालेको बताए । पिटिआरसीका सहसंयोजक विश्व पालिखेले चिन लगायतका मुलुकमा प्रवद्र्धनात्मक गतिविधि गर्ने योजना बनाएको जानकारी दिए ।
त्यस्तै पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले पनि पर्यटन क्षेत्रको विकासको लागि संघले सहकार्य गर्ने बचन दिए । उनले पोखराको विकासको लागि सबैजना एकजुट हुनुपर्ने बताए । छलफलमा बोल्दै पिटिआरसीका संयोजक गणेशबहादुर भट्टराइले सबैतिर छुट गराएर पर्यटन क्षेत्रमा संगठित भएर लाग्ने तयारी गरेको बताए । उनले विभिन्न मूलूकबाट काठमाडौंसम्म हुने सिधा उडानमा पनि छुट गराउन पहल गर्ने बताए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .