BREAKING NEWS

Monday, May 25, 2015

केदारेश्वर मन्दिरमा मंगलबार क्षमापूजा


पोखरा, ११ जेठ 
पोखराका पर्यटन व्यवसायीले मंगलबार बैदामस्थित केदारेश्वर मन्दिरमा क्षमापूजा गर्ने भएका छन् । भूकम्पको पहिलो ठुलो धक्का आएको महिना दिन पारेर मन्दिरमा पुजा गर्ने व्यवसायीको तयारी छ । पर्यटन व्यवसायी सहभागि पोखरा पर्यटन पुनरुत्थान समिति (पिटिआरसी) अन्तर्गतको इभेन्ट संयोजक गोपिबहादुर भट्टराइका अनुसार मंगलबार बिहान ७ बजे मन्दिरमा पुजा शुरु हुनेछ । ‘भूमिसँग क्षमा माग्दै पुजा गर्ने योजना हो । सबै तयारी पुरा भएको छ । भूमि हल्लिएकोले भूमिमै पूजा गर्न थालेका हौ । 

अब भूमिसँग क्षमा मागिनेछ’ उनले भने, ‘यसबाट शान्ति प्राप्ती हुनेमा विश्वास छ ।’ क्षमापुजाका लागि पर्यटन व्यवसायी बलराम पहारी र दलबहादुर केसीले संयोजन गरिरहेका छन् । भट्टराइका अनुसार बैदाम आमा समुहले क्षमा पुजाका लागि व्यवस्थापन गरिरहेका छन् । पोखरेलीको सहभागितामा मन्दिरमा पुजाआजा गरिने उनले बताए । ‘पुजाको तयारी गरिरहेका छौ । मानवीय त्रुटिबाट केहि गल्ती भएको भए भूमिसँग क्षमा पाउँ भन्दै पुजा आयोजना गरेका हौ’ उनले भने, ‘धार्मिक विश्वासका साथ यो तयारी गरेका हौ ।’ पण्डितहरुले हवन गर्दै मन्दिरमा पुजा सुरु गर्नेछन् । 

त्यसमा पोखराका पर्यटन व्यवसायी सहित सर्वसाधारणको सहभागिता रहने उनले बताए । भूकम्पको त्रासदिबाट ग्रसित नागरिकको शान्ति र सम्मृद्धिको कामना गर्दै पूजा आयोजना गरेको भट्टराइले जानकारी दिए । स्वस्तीशान्ति सहितको भूमि पुजाले अहिलेको संकट टार्ने व्यवसायीको विश्वास छ । विशेष तयारीका साथ हुन लागेको भूमिपुजाले अहिलेको संकट, त्रास, भय र विपत्ती नास होस भन्नेमा व्यवसायी विश्वस्त रहेको उनले बताए । क्षमापुजामा विभिन्न देविदेवताको पूजा गर्दै हवन गरिनेछ । ‘हामीले संकट परेको बेला भगवान पुर्कार्ने चलन छ । अहिले संकट परेको छ । त्यहि भएर यो पूजा आयोजना गरेका हौं’ उनले भने । पोखराका पर्यटन व्यवसायी सम्मिलित पिटिआरसीले यसबाहेक गत शनिबार पोखराको बसुन्धरापार्कमा वृहत योगशिविर आयोजना गरेको छ । 
भूकम्पबाट त्रसित भएका नागरिकलाई पूर्ववत अवस्थामा फर्काउन पनि यस्ता रचनात्मक गतिविधि जरुरी रहेको पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले जानकारी दिए । संयोजक भट्टराइले पूजाबाहेक आगामि शनिबार लेकसाइडमै राष्ट्रियता झल्कने गरि सांगितिक कार्यक्रम गर्ने तयारी गरेका छन् । 
विभिन्न राष्ट्रिय कलाकारको सहयोगमा सांगितिक कार्यक्रम गरिनेछ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .