BREAKING NEWS

Saturday, May 2, 2015

लेखनाथका बडा नं २,३ र ६ मा मात्र एक सय १८ घरमा क्षती


लेखनाथ, १९ बैशाख
गत शनिबार आएको बिपत्कालीन महाभुकम्पले  लेखनाथ नगरपालीकाको बडा नं २, ३ र ६मा करिब एक सय १८ घरमा क्षती पुर्याएको प्रारम्भीक तथ्याङक सार्वजानीक गरिएको छ।
बडा सेबा केन्द्र अर्घौको पहल र राजनितीक पाटीका प्रतिनिधीहरुको स्थलगत सर्बक्षणबाट एक सय १८घरमा क्षती पुगेको र त्यस मध्य २४बटा घरमा पुर्णरुपले क्षती पुगेको बडा सचिब लिलामणि भण्डारीले जानकारी दिएका छन्।
यसै विच आफनो बडा भित्र भुकम्पले क्षती पुर्याएका घर परिबारको लागि स्थानीय तह र राजनितीक पाटी प्रतिनिधीहरुको सक्रियतामा राहत संकलन गरि पिडित परिबारलाई वितरण गरिएको छ।
पिडित परिबारको क्षतीको अवस्था हेरी पहिलो चरणमा केही परिबारलाई खाद्य सामाग्री र पाल वितरण गरिएको छ। भुकम्पबाट प्रभाबीत परिबारलाई बडा सेबा केन्द्रमा जम्मा गरि संकलित सामाग्री जेष्ठ पाटी प्रतिनिधी रुद्रबहादुर केसी र महिला प्रतिनिधी सिता भण्डारी लगाएतले सामुहीक रुपमा उक्त सामाग्री वितरण गरिएको हो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .