BREAKING NEWS

Monday, May 4, 2015

लेखनाथ-१५ थुम्कामा भूकम्प पिडितलाई राहत बितरण गरियो




लेखनाथ, २१ बैशाख
लेखनाथ नगरपालिकाको वडा नम्बर १५, थुम्कामा भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ। एकता नेपाल र सिटी अफ सेभेन लेक्स डट कमको सहकार्यमा त्रिपाल लगायत अत्यावश्यक खाद्य सामग्री राहत स्वरूप वितरण गरियो। भूकम्प गएको ९औ दिन सम्म कुनै पनि राहत सामग्री नपाएको गुनासो आएपछि सिटी अफ सेभेन लेक्स डट कमको पहलमा एकता नेपालको टोलि सहित निरिक्षण गरि राहत वितरण गरियो।

स्थानीय सचिब जीवनाथ पराजुलीसंग भएको तथ्यांकबाट क्षती विवरण र स्थलगत निरीक्षण गरि स्थानिय समाजसेवी डोलराज पाण्डे, शरण प्रधान, राजेन्द्रमणि लामिछेने लगायत अन्य व्यक्तित्वको उपस्थितिमा पिडितलाई राहत वितरण गरियो।

सुक बहादुर सुनार, जुठी सुनार, डिल बहादुर मिजार, बाबुराम मिजार, हर्क बहादुर सुनार, राम बहादुर मिजार, मोहन बहादुर मिजार,मन बहादुर चदरा, हरि कुमार चदरा, रामचन्द्र सुनार, ढुंडीराज पौडेल, तीर्थराज पौडेल, बिर्हस्पति पौडेल, जसोदा देवकोटा, राम कृष्ण सुनार,लक्ष्मी सुनार, उमा पहारी ,शितली अधिकारी, मिठु मिजार, पूर्ण बहादुर बि.क. आदि लगायतका पिडित परिवारलाई उक्त क्षेत्रमा राहत वितरण गरियो।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .