BREAKING NEWS

Wednesday, May 13, 2015

भरतपोखरीका महिला आक्रोशित हुदै लेखनाथ नगरपालिकामा (भिडियो र फोटो सहित); लेखनाथ नगरपालिकामा केहीबेर हंगामा

लेखनाथ, बैशाख ३०,
लेखनाथ नगरपालिकमा हालै गाभिएको भरतपोखरीको वडा नम्बर १८ मा रहेको जोति किरण महिला समूहको भवन बनाउने क्रम केहि वर्ष देखि जारी रहदै आएको र उक्त भवन निर्माण गर्न जुटेका महिला समूहको रकम संस्थामा पारदर्शी नभएपछि उनीहरूले समस्या झेल्नुपरेको हो। महिला समूहले भवन निर्माणमा रकमको आवश्यकता देखाउदै माग गरेपछी पनि वेवास्ता गरेको पिडित महिला समूहका महिलाहरूको भनाई थियो।
आफूहरूसंग संकलित रकम मध्ये रु. ३०,००० वडा सचिब वसन्तराज शर्मा(लम्साल) को श्रीमतीले चलाएको उनीहरूको भनाई थियो। रकम माग्दा उनले सहजै फिर्ता नगरेको उनीहरूको गुनासो छ। बारम्बार रकम  माग्दा फिर्ता नपाएपछि उनीहरू समस्या लिएर लेखनाथ नगरपालिका आएका थिए।  



अन्तिममा दिंदा पनि सचिब वसन्तराज शर्मा(लम्साल)ले रु. ३०,००० रुपैयाँको चेक गाउँ ठाउँमा रहेको संस्था जोति किरण आमा समूहको नाममा काटिदिएको तर उक्त चेक हार्डवेयरले लिन नमिल्ने बताएपछि उनीहरूले दुख भोगेका थिए। उनीहरूको भनाईमा दर्ता नभएको हाम्रो समूहलाई उक्त चेक दिनु उपयुक्त नभएको सुनाएका थिए। पुनः जोति किरण महिला समूहकी अध्यक्ष बसंधरी भुवाईको नाममा काटेको चेक पनि पछाडी आफैले हस्ताक्षर गरेर दिएकोले रकम झिक्न नसकिएको भन्दै दुख दिने मनसाय रहेको महिलाहरूले बताए। “हामीहरूलाई रकम फिर्ता गर्न वेवास्ता गरियो र दिनु परेपछि दुख दिने मनसायले यस्तो गरेको हुनाले हामीहरू नगरपालिका आयौं” महिलाहरूले हामीलाई बताएका थिए।

निकै आक्रोशित महिलाहरू नगरपालिकामा केहीबेर सचिवका परिवारसंग चर्काचर्की गर्नुपरेको देखिन्थ्यो ।पछि नगरपालिकाका केहि कर्मचारी, वडा सचिव वसन्तराजका उपस्थित पुरै परिवार र महिला समुहका केहि सदस्यहरू उक्त विवादको समाधानका लागि बैठक बसेका थिए। हामीहरूले पनि बैठकमा बस्न पाउनु पर्ने तर उनका परिवार र नजिककाहरू मात्र बसेको बाहिर बसेका महिलाहरूले बताएका थिए। 

पछि महिला समूहको फेरी बैठक पछि संस्थाका अध्यक्ष बसंधरी भुवाई र सचिब रमाकुमारी तिमिल्सेना को भनाइ अनुसार संस्था दर्ता नभएकाले दुख पाएको हुनाले संस्था दर्ता गर्नतिर जाने निर्णय गरेको बताएका थिए।

देशमा प्राकृतिक संकट परेका बेला सबैले बिबेक प्रयोग गर्न आवश्यक छ।
                                                      Click here -भिडियो  हेर्न यहाँ क्लिक गर्नुहोस




Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .