BREAKING NEWS

Tuesday, May 12, 2015

७.३ रेक्टर स्केलको भूकम्पको धक्का, दोलखाको सुनखानी केन्द्र , मानिसहरु सडकमा, क्षतिको बिबरण आउन बाकी


पोखरा २९ बैशाख । काठमाडौं र उपत्यका आसपासका जिल्लाहरुमा शक्तिशाली भूकम्प गएको छ । १२ बजेर ५२ मिनेटमा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले सुरमा ७.१ भनेको थियो । तर, पछि ७.३ रेक्टर स्केलको भएको बताएको छ ।
भूकम्पको केन्द्र दोलखाको सुनखानी भएको बताइएको छ । भूकम्पपछि लगातार पराकम्पन गएको छ । ५.६, ५.५ र ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । भूकम्पको धक्का महशुस हुनासाथ पोखरेलीहरु सडकमा निस्किएका थिए । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको विनोशकारी भूकम्पले त्रसित मानिसहरु फेरि भूकम्प गएपछि त्रसित भएका छन् ।
तर, विज्ञहरुले भने ठूलो धक्कापछि केही समयसम्म धक्का महसुस भइरहेका बताएका छन् । वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो । वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प आएको थियो । त्यसपछि आएका अनिगिन्ती धक्कामध्ये सबैभन्दा ठूलो ६.९ रेक्टर स्केलको थियो । आजको भूकम्प ७.४ रेक्टर स्केल रहेको भूकम्प मापन केन्द्रको सूचनामा देखिएको छ ।
आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका छन् । भूकम्पको धक्कासँगै राजधानीबासीहरु सडकमा निस्किएका छन् । पसलहरु एकाएक बन्द भएका छन् । पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन । भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .