BREAKING NEWS

Friday, May 1, 2015

सिटी बैंक अब कुश्मिसेरा बाग्लुङमा

पोखरा, १८ बैशाख
२०६४ सालमा स्थापना भई समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित,आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको सिटी डेभलपमेण्ट बैंकको चौधौं शाखाको रुपमा बाग्लुङ जिल्लाको कुश्मिसेरामा यहि २०७२ बैशाख १७ गते बिहीबार समुद्घाटन भयो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष श्री राजेन्द्र कुमार बाटाजुले देशमा आईपरको प्राकृतिक बिपत्तीबाट ज्यान गुमाएकाहरु प्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरुको सहयोगार्थ बैंक परिवारको तर्फबाट रु १,५०,०००।– अक्षरुपी एकलाख पचास हजार मात्र नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपाध्यक्ष डोलराज पाण्डे लाई हस्तान्तरण गरि शाखा कार्यालयको उद्घाटन गर्नुभयो ।
ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको बैंकले स्थापना काल देखि नै सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जहाँ, जहिले  जस्तो सुकै बिपतको समयमा पनि आफ्नो उपस्थिति जनाउदै आईरहेको र भविश्यमा समेत यस्तो सेवा र सहयोगको कार्यमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले कास्की, तनहँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन लगायत जिल्लाका जम्मा १४ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको र नव उद्घाटित कुश्मीशेरा बाग्लुङ शाखाका अतिरिक्त बन्दीपुर तनहुँ र लामाचौर कास्की  बाट समेत कारोबार शुरु गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिनुभयो ।
चुक्तापुँजी रु ४६ करोड ८१ लाख ६० हजार रहेको बैंकले २०७१ चैत्र मसान्त सम्ममा रु ४ अर्ब ४८ करोड निक्षेप संकलन, रु ३ अर्ब ७७ करोड कर्जा लगानी गरि रु. १२ करोड ७२ लाख संचालन मुनाफा आर्जन  गर्न सफल भएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .