BREAKING NEWS

Friday, May 1, 2015

भुकम्पमा परेकाका लागि एक सय आठ घर निर्माण गरिदिने

लेखनाथ, १७ बैशाख
अखण्ड ज्योती बाबा स्वामी श्री च्यारीटेबल ट्रस अनन्त विभुषित मुत्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य मुत्तिनाथ बाबाले विनासकारी भुकम्पमा परेरे घर बार विहिन भएका परिबारका लागि एक सय आठ घर निर्माण गरिदिने घोषणा गरेका छन्।
लेखनाथ नगरपालीका बडा नं ४ निबासी सुर्यमोहन भटराईले लगाएको श्रीमद् भागबत ज्ञान महायज्ञको समापन समारोहमा आएका स्वामी मुक्तिनाथ बावाले आफनो सस्थाबाट सरकारले तोकेको निर्देशीत ठाउमा घर बार विहिन परिबारका लागि एक सय आठ घर निर्माण गरिदिने घोषणा गरेका हुन्।
नेपाल  सरकारको सल्लाहा र सुझाब अनुसार जुनसुकै जिल्लामा पनि करिब  ४० देखि ५०हजारको लागतमा दर्ता भएको जग्गा भित्र भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि च्यारीटेबल ट्रस तयार छ उनको भनाई थियो। साथै सस्थाले अगाडी सारेको अभियानमा सबैले सक्दो सहयोग गर्नका लागि पनि उनले सवैमा अनुरोध गरेका छन् ।
सोही अवसरमा लेखनाथ नगर पाालिका बडा नं ४ निबासी च्यारीटेबल ट्रसका केन्द्रिय सदस्य प्रकासमोहन भटराईले सो अभियानलाई सफल पार्न आफु र आफनो परिबारको तर्फबाट ११बटा घर निर्माण गरिदिने प्रतिबद्धता जाहेर गरेका छन् भने लेखनाथ ९मोहरीय निबासी च्यारीटेबल ट्रसका सदस्य मिलन प्रसाद तिबारी र लेखनाथ नगर पालिका वडा नं ३ वस्ने मनोहर जिसी र श्रीमती सारदा जिसीले पनि आ आफनो तर्फबाट एक एक वटा घर निर्माण गरिदिने घोषणा गरेका छन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .