BREAKING NEWS

Monday, April 13, 2015

लेखनाथ ब्याडमिन्टनको उपाधी राजु र केशरलाई


लेखनाथ ३०, चैत्र
शारीरिक तन्दुरुस्ती नै जिवन हो भन्ने मुल नाराका साथ निर्माण व्यबसायी समिती लेखनाथले आयोजना गरेको प्रथम मेन्स डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी राजु गुरुङ र केशर बहादुर मल्लको जोडीले हात परेका छन ।
भाईचारको सम्वन्ध बिस्तार गर्दै  ब्याडमिन्टन खेललाई प्रतियोगिताको रुपमा बिकास गराउनका लागी चैत्र २९ गते देखी सञ्चालित खेलमा सहभागी ८ टिमलाई पछि पार्दै राजु गुरुङ र केशर बहादुर मल्लको टोली ले उपाधी हात परेको हो ।
यसै गरी प्रतियोगितमा राजेन्द्र राणाभाट र बाबुराम सापकोटाको समुहले दोस्रो स्थान हात पार्न सफल भएका छन् भने उत्कृष्ट खेलाडीमा कृष्ण प्रसाद तिमील्सेना पुरस्कृत भएका छन । बिजयी समुहले फाइनल खेलमा २१-१६ र २२-१८को सोझो सेटले जित्दै रु १० हजार र उपबिजेताले रु पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सोहि अवसरमा प्रतियोगिताका रेफ्री जिवन तिवारी , भगवान खाँड, बुद्धी बस्तोला र माधव क्षेत्रीलाई सम्मान गरिएको थियो । प्रतियोगिताका बिजयी र उपबिजयी समूहले प्राप्त गरेको रकमलाइ ब्याडमिन्टन खेलको बिकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम ब्याडमिन्टन संघलाइ हस्तान्तरण गरेका छन् ।
जनप्रकाश उच्च मावि दृष्टिविहिन छात्रावासको सहयोगार्थ सञ्चालित प्रतियोगीतामा प्रतियोगीहरुलाई पुरस्कार बितरण गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले फरक फरक खेलको माध्यमबाट शारीरलाई सन्तुलन र तन्दुरुस्ती राख्न सकिने भएकाले स्वास्थ्यका लागी पनि लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
निर्माण व्य्वसायी समिती लेखनाथका अध्यक्ष किसान सिह गुरुङको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा लेखनाथ हार्डवेयर एसोसियसन अध्यक्ष ऋषिराम भण्डारी, सयुक्त गोर्खा  भुपु सैनिक क्लब का अध्यक्ष मेजर रामप्रसाद गुरुङ्, लेखनाथ नगरपालिकाको तर्फबाट नबराज सापकोटा, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणी बराल लगायतले ब्याडमिन्टन खेलको महत्व र उपयोगिताको बारेमा प्रकाश परेका थिए । समितिका सचिब र रामवहादुरल गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तब्य लेखनाथ ब्याडमिन्टन सङ्ह का कोषाध्यक्ष राजु सुबेदिले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .