BREAKING NEWS

Friday, April 10, 2015

हरित बैंकिङ्ग कार्यक्रममा जोड दिदै सिटीको वार्षिकोत्सव



 लेखनाथ, चैत्र २७
२०६४ सालमा स्थापना भई समय सापेक्ष प्रविधिहरुको प्रयोग गर्दै, सुरक्षित,आधुनिक तथा ग्राहकमुखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको सिटी डेभलपमेण्ट बैंकको शिशुवा शाखाको प्रथम बाषिकोत्सव कार्यक्रम यहि २०७१ चैत्र २७ गते शुक्रबारका दिन हरित बैकिङ्ग कार्यक्रम अन्तर्गत बेगनास तालमा माछाका भुरा छाडी सम्पन्न भएको छ ।
नेपाल राष्ट्रबैंक पोखराका निर्देशक श्री निलम तिम्सिनाको प्रमुख आतिथ्यतामा संचालित उक्त वार्षिकोत्सव कार्यक्रममा बैंकहरुले हरित बैंकिङ्ग कार्यक्रमलाई बिषेश जोड दिनुपर्ने र नेपाल कृषि प्रधान देश भएकोले कृषि क्षेत्रमा लगानी प्रबद्र्धन गर्न सके मात्र हरित बैंकिङ्ग प्रणालीमा टेवा पुग्ने बताउदै प्रमुख अतिथि तिम्सिनाले सिटी डेभलपमेण्ट बैंकको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना ब्यक्त गर्नुभएको थियो ।
ग्रामीण भेकलाई प्रमुख कार्यक्षेत्र बनाई महिला, पिछडिएका बर्ग तथा युवाहरुमा लक्षित बैंकिङ्ग कार्यक्रम तथा लघुवित्त कार्यक्रम समेत संचालन गरिरहेको बैंकले कास्की, तनहँ, लमजुङ, मनाङ, बाग्लुङ र चितवन लगायत जिल्लाका जम्मा १४ शाखा मार्फत बैंकिङ सेवा सञ्चालन गर्दै आइरहेको र बन्दीपुर तनहुँ, लामाचौर कास्की र कुश्मीशेरा बाग्लुङबाट समेत निकट भबिष्यमा कारोबार शुरु गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिनुभयो ।
चुक्तापुँजी रु ४६ करोड ८१ लाख ६० हजार रहेको बैंकले २०७१ पौष मसान्त सम्ममा रु ४ अर्ब ३३ करोड निक्षेप संकलन तथा रु ३ अर्ब ६४ करोड कर्जा लगानी गरि रु. ८ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .