BREAKING NEWS

Thursday, April 23, 2015

वार्चोक गाऊँको भिडियो सार्वजनिक

पोखरा/वार्चोक गाऊँको बारेमा बनेको गीत ‘खै किन हो किन यो गाऊँ मैल भुल्न सकिन’को भिडियो पोखरामा सार्वजनिक भएको छ । भिडियो निर्माता ईश्वर गुरुङ र तुलसी गुरुङले आमाको ८३ औँ जन्मदिनको अवसर पारेर भिडियो सार्वजनिक गरेका हुन् । पोखरामा बस्दै आएका वार्चोकका बासिन्दाहरुमाझ विहिबार नादा समाज घरमा भिडियो सार्वजनिक भएको हो ।
प्रेमा गुरुङ र अनुता गुरुङलाई फिचर गरिएको भिडियोलाई कृष्णकुमार गुरुङले निर्देशन गरेका हुन् । भिडियो वार्चोक गाऊँमै खिचिएको छ । भिडियोमा लब्शन गुरुङले कोरियोग्राफि गरेका छन् । भिडियोलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् भने सर्वज्ञमान शाक्यले भिडियोको सम्पादन गरेका हुन् ।
वार्चोक गाऊँको गीतलाई निर्देशक कृष्णकुमार गुरुङ र जिवन परियारले मिलेर लेखेका हुन् । गीतमा तेजेन्द्र गुरुङले संगीत भरेका हुन् ।गाऊँको गीतको भिडियो निर्माण सकिएसँगै अब निर्माता ईश्वर गुरुङले वार्चोकको बारेमा डकुमेन्ट्री तयार पार्ने जानकारी दिएका छन् । निर्देशक कृष्णकुमार गुरुङले नै डकुमेन्ट्रीको निर्देशन गर्नेछन् भने भुपालकुमार गुरुङले त्यसलाई खिच्नेछन् ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .