BREAKING NEWS

Thursday, April 30, 2015

भूकम्पबाट मृत्यु हुनेको संख्या ६,१९८ पुग्यो


काठमाडौं १८ बैशाख । विनाशकारी भूकम्पबाट मृत्यु भएकाको संख्या शुक्रबार बिहानसम्म ६ हजार १ सय ९८ पुगेको छ। भूकम्पमा परी १३ हजार ५ सय ६८ जना घाइते भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंमा १ हजार १ सय ६, भक्तपुरमा २ सय ६६ र ललितपुरमा १ सय ७० जनाको ज्यान गुमेको छ।उपत्यकाबाहेक मध्यक्षेत्रमा ३ हजार ८ सय ३३, पश्चिम क्षेत्रमा ४ सय १५, पूर्वमा क्षेत्रमा ५२ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ। प्रहरी प्रवक्ता कमलसिंह बमका अनुसार हालसम्म १२ हजार ६४ घर पूर्ण रूपमा नष्ट भएका छन् भने २९ हजार ४ सय ५४ घरमा आंशिक क्षति पुगेको विवरण प्रधान कार्यालयमा आएको छ।

प्रवक्ता बमका अनुसार भूकम्पमा परी ४३ जना विदेशी नागरिकको मृत्यु भएको छ। ४६ जना घाइते छन्,४१ जना अझै हराइरहेका छन्। शुक्रबार बिहान प्रहरीले दिएको जानकारीमा थप मृतक कुन ठाउँमा भन्ने खुलाइएको छैन।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .