BREAKING NEWS

Wednesday, April 29, 2015

लोकसेवा आयोगको परीक्षा स्थगित


काठमाण्डौ १७ बैशाख । भूकम्पको विपत्तिपछि लोकसेवा आयोगका सबै परीक्षा स्थगित भएका छन् । यसअघि त्रिभुवन विश्वविद्यालय र सिटीईभीटी अन्तर्गतका परीक्षा स्थगित भएका थिए ।
लोकसेवा आयोगको नायब सुब्बा अन्तर्गतको परीक्षा यही वैशाख २५ गतेदेखि थियो । तर, परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ । परीक्षा सुरु हुनु भन्दा १५ दिन अघि सार्बजनिक सूचना जारी गरी जानकारी दिइने लोकसेवा आयोगले जनाएको छ ।
‘अधिकांश सरकारी भवन तथा परीक्षा केन्द्र राखिँदै आएका स्कूल र कलेजहरु क्षतिग्रस्त छन्,’ लोकसेवा आयोग परीक्षा शाखाका एक अधिकारीले भने, ‘स्थगित भएको परीक्षा कहिलेदेखि सुरु हुन्छ भनेर भन्न सकिँदैन ।’

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .