BREAKING NEWS

Monday, April 27, 2015

ईन्धन अभाव छैनः निगम बिक्री नगरे कारवाही

राजधानी भित्रका पेट्रोलपम्प सोमबारबाट संचालनमा आउन थालेका छन् । भुकम्पको धक्का कम भएपछि जनजीवन सामान्य बन्दै जादा पेट्रोलपम्प पनि संचालनमा आउन थालेका हुन् । आयल निगमका अनुसार सोमबार विहान राजधानी भित्रका सबै पेट्रल पम्पलाई इन्धन विक्री गरिएको छ । ‘बेलुकीसम्म सबै पम्पबाट इन्धान पाइन थाल्नेछ’ निगमका प्रवक्ता मुकुन्द घिमिरले भने ।
आयल निगमका अनुसार बजारमा ग्यास, पेट्रोल र डिजलको अभाव छैन । एक सातालाई पुग्ने ग्यास नीजि व्यवसायी स“ग भण्डारमा छ । सगै तीन दिनलाई वितरण गर्न पुग्ने पेट्रोल र १२ दिनका लागि डिजल निगम संग छ । ‘रक्सौल नाकाबाट इन्धन भित्रिने क्रम जारी छ’ घिमिरले भने,‘इन्धानको अभाव हुदैन ।’ निगमले सोमबारनै विज्ञप्ती प्रकासित गरेर सबै ग्यास विक्रेता र पेट्रल पम्पलाई इन्धान विक्री गर्न भनेको छ । बिक्री नगरेको पाइए कानूनी कारवाही गर्ने उल्लेख छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .