BREAKING NEWS

Friday, April 24, 2015

लोकतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन


लेखनाथ ११ वैशाख
नवौं लोकतन्त्र दिवसको अवसरमा लेखनाथ ९ स्थित कोटवारीमा वृहत दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । विपि चिन्तन प्रतिष्ठान कास्की क्षेत्र नं १ का संयोजक लोकप्रसाद पाण्डेको सभापतीत्वमा भएको कार्यक्रममा लोकतन्त्रलाई स्थापना गर्न नेपाली काग्रेसले कुनै कसुर वाँकी नराख्नेमा उनले जोड दिए । नेपाल विद्यार्थी संघ कास्कीका पुर्व सभापती कल्याण वावु भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उहाँले लोकतन्त्रको दिगोपना र सर्वद्धन गर्न सवै काग्रेस मात्र नभई नेपाली जनता एक हुनु पर्नेमा उनले जोड दिए ।
नेपाल विद्यार्थी संघ क्षेत्र नं १ का उपसभापती धु्रव अधिकारीले सञ्चलन गरेको कार्यक्रममा सञ्चारकर्मी सन्दिप पौडेल, सचिन रानाभाट लगायत करीव एक सय जना स्थानीयको उपस्थीती रहेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .