BREAKING NEWS

Thursday, April 23, 2015

सहमतीवाट मात्र संविधानको विकल्प ः एमाओवादी सचिव अनन्त अखिल क्रान्तिकारी पोखरा विश्वविद्यालय अध्यक्षमा दाहाल

पोखरा विश्वविद्यालयको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एनेकपा माओवादी सचिव वर्षमान पुन अनन्त साथै अन्य अतिथीहरु ः तस्विर- सन्दिप पौडेल


लेखनाथ १० वैशाख

सहमती र सहकार्यवाट मात्र नेपालको संविधान वन्न सक्नेमा ठोकुवा एमाओवादी सचिव वर्षमान पुन अनन्तले ठोकुवा गरेका छन् । उनले एमाओवादीको साथ र सहमती नभइकन सविधानको सपना नदेख्न समेत चेतावनी
दिए । त्यसै गरी अखिल क्रन्तिकारी केन्द्रिय अध्यक्ष रमेश मल्लले विद्यार्थी एकता र अधिकारलाई सविधानमा समेत स्थान दिनु पर्ने धारणा राखेका छन् । शान्तिका प्रतिकको रुपमा रहेका विद्यार्थीलाई आन्दोलनमा जान नदिने वातावरण यो सरकारले वनाउन नसकेको उनले वताए ।
ल्ोखनाथ १२ ढुगेपाटन स्थित पोखरा विश्वविद्यालयको सेमिनार हलमा भएको चौथो  जिल्ला सम्मेलन आगामी कार्यकालको नयाँ नेतृत्वमा वावुराम दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ र त्यसै गरी उपाध्यक्षमा विष्णुराज घिमिरे, विकल सुनार, साजन पन्त, विकास गायक, दोण खत्री रहेका छन् । त्यसै गरी सचिवमा सौरव रावल, सहसचिवमा रामचन्द्र केसी, कोषाध्यक्षमा जयन्ती जोशी रहेका छन् । चौथो अधिवेशनले दाहालको नेतृत्वमा ४१ जनाको मुल कार्यसमिती चयन गरेको छ । ऋखिल क्रन्तिकारी पोखरा विश्वविद्यालयका अध्यक्ष रविन्द्र रोकायको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन विकास गायकले गरेका थिए ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .