BREAKING NEWS

Tuesday, April 21, 2015

टिभि हेर्न बोलाएर पाचँ वर्षिया बालिकालाई बलत्कार

पोखरा, ८ बैशाख 
पोखरकी वर्षिया बालिकालाई ललाई फकाई जवरजस्ती करणी गरेको भन्दै कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । स्याङजा मनकामना गाविस ३ घर भै हो पोखरा १५ बस्ने १८ वर्षका कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले बलत्कार गरेको उजुरीका आधारमा बैशाख ६ गते पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । गुरुङले बालिकालाई टिभि हेर्न आफ्नो कोठामा लगि मिठाइ खान दिइ जवरजस्ती करणी गरेको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरि पोखरा १६ वर्षिय एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितवन कठार घर भै हाल पोखरा १७ डेमसाईड बस्ने १८ वर्षिय सेरी जोवा चौधरीलाई पक्राउ गरेको हो । प्रहरीले बैशाख ५ गते पक्राउ गरी जवरजस्ती करणी उद्योगमा मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । चौधरीले किशोरीलाई किताव लिने बहानामा कोठामा बोलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .