BREAKING NEWS

Monday, April 13, 2015

दोस्रो मिस्टर कास्कीको उपाधी रत्नश्री जिमका मनोज केसीलाई

पोखरा, ३० चैत/पोखरा सन्चालन भएको दोस्रो मिस्टर प्रतियोगिताको ओभरअलमा रत्नश्री जिम सेन्टरका ६० केजी तौलसमूहका मनोज केसीले उपाधी जितेका छन् । प्रत्येक तौलसमूहमा प्रथम हुनेहरूबीच गराइएको प्रतियोगितामा केसी दोस्रो मिस्टर कास्की घोषित भएका हुन्। चौथो वृहत खेलकुद महोत्सव अन्तर्गत जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला शारीरिक सगठन तथा फिटनेश सेन्टरनको व्यवस्थापनमा कास्की जिल्लास्तरीय शारीरिक संगठन प्रतियोगिता दोस्रो मिस्टर कास्की सम्पन्न भयो।

प्रतियोगिताको ओभरअलमा रत्नश्री जिम सेन्टरका ६० केजी तौलसमूहका मनोज केसी दोस्रो मिस्टर कास्की घोषित भए। प्रत्येक तौलसमूहमा प्रथम हुनेहरूबीच गराइएको प्रतियोगितामा केसी दोस्रो मिस्टर कास्की घोषित भएका हुन्। उनलाई सभासद् यज्ञबहादुर थापा र कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा रत्नश्री जिम सेन्टरकै राजेश श्रेष्ठ बेस्ट पोजर घोषित भए ।
म्युजिकल राउण्ड र अन्तर्राष्ट्रिय सेभेन पोजका आधारमा प्रत्येक समूहमा विजेता खेलाडी घोषणा गरिएको थियो। जसअनुसार ५५ केजी तौल समूहमा रत्नश्री जिम सेन्टरका दिनेश जोशी प्रथम, बुल्स जिमका देव जोशी द्वितीय र रत्नश्री जिमका अनुप अधिकारी तृतीय भए । ६० केजी तौलसमूहमा रत्नश्री जिम सेन्टरका मनोज केसी प्रथम, रत्नश्री जिम सेन्टरकै बेगमबहादुर सोमै द्वितीय र बुल्स जिमका धनबहादुर झाँक्रीमगर तृतीय भए। ६५ केजी तौलसमूहमा पोखरा व्यायामशालाका राजकुमार सुनार प्रथम, बुल्स जिम सेन्टरका जीवन थापामगर द्वितीय र बुल्स जिम सेन्टरकै सरोज क्षत्री तृतीय भए।
७० केजी तौलसमूहमा माछापुच्छ«े जिम सेन्टरका किस्मत थापामगर प्रथम, पावर जिम सेन्टरका सुजन श्रेष्ठ द्वितीय र बुल्स जिम सेन्टरका विर्खबहादुर राई तृतीय भए। ७५ केजी तौलसमूहमा रुत्नश्री जिम सेन्टरका रमेश श्रेष्ठ प्रथम, बुल्स जिमका रविन गुरुङ द्वितीय र रत्नश्री जिम सेन्टरका भोजराज चौधरी तृतीय भए। ७५ केजीमाथि पावर जिम सेन्टरका राजेश सुवा प्रथम, पावर जिम सेन्टरकै रमेश विक द्वितीय र गण्डकी जिम सेन्टरका बलबहादुर गैरे तृतीय भए ।
प्रत्येक तौल समूहमा क्रमशः प्रथम हुनेले जनही नगद पाँच हजार, द्वितीय हुनेले नगद तीन हजार र तृतीय हुनेले नगद दुई हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। विभिन्न छ वटा तैल समूहमा पोखरामा सञ्चालित विभिन्न जिम सेन्टरका ३५ जना खेलाडीको सहभागिता रहेको थियो ।

Random News

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा info@lekhnathcity.com मा पठाउनुहोला ।
 
Copyright © 2016 Lekhnathcity.com: Online from Lekhnath: Dedicated to better Lekhnath Designed by Rajan .